कोरोनाको सन्त्रासले नेपाली अर्थतन्त्रमा चार अर्बसम्म क्षति हुन सक्छ : एडिबी

2020-03-07

काठमाडौँ - चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडिबीको अध्ययनले देखाएको हो ।

कारोनाको असर कस्तो हुन्छ भन्ने अहिल्यै भन्न नसकिने भएकाले त्यसको असरबारे पनि एडिबीले विभिन्न आकलन गरेको छ । कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल गार्हस्थ उत्पादनको ० दशमलव १३ प्रतिशत अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एडिबीले गरेको हो । नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित हुने छ । पर्यटन क्षेत्रमा कुल गार्हस्थ उत्पादनको १ दशमलव ७५ प्रतिशत क्षति हुने आकलन गरिएको छ । कोरोनाको प्रभाव मध्यमस्तरमा मात्रै भयो भने कुल गार्हस्थ उत्पादनको ० दशमलव ०८ प्रतिशत क्षति हुने अनुमान पनि एडिबीको छ ।

प्रकोप अनियन्त्रित भयो भने अर्थतन्त्रमा ठूलो क्षति पुग्ने विश्लेषण छ । यो सम्भावना मात्रै भएकाले एसियाली मुलुकहरूलाई सचेत बनाउन मात्रै यस्तो आकलन गरेको एडिबीको भनाइ छ । त्यस्तो अवस्थामा भने कुल गार्हस्थ उत्पादनको १ दशमलव ११ प्रतिशत अर्थात् ३७ अर्ब रुपैयाँ क्षति हुने आकलन पनि एडिबीले गरेको छ । पर्यटन, ट्रान्सपोर्ट र कृषि तथा खनिज क्षेत्र बढी प्रभावित हुने उसको आकलन छ । त्यस्तो अवस्थामा होटेल, रेस्टुरेन्ट क्षेत्रमा जिडिपीको २ दशमलव ५४ प्रतिशत, ट्रान्सपोर्ट क्षेत्र १ दशमलव ३३ प्रतिशत, कृषि तथा खनिज क्षेत्रमा १ दशमलव २२ प्रतिशत कमी हुने अनुमान एडिबीको छ ।

कोरोनाले विश्वको कुल गार्हस्थ उत्पादनमा ७७ अर्बदेखि ३ खर्ब ४७ अर्ब डलरसम्म क्षति हुने अनुमान एसियाली विकास बैंकले गरेको छ । यो विश्व अर्थतन्त्रको ० दशमलव १ देखि ० दशमलव ४ प्रतिशतसम्म हो । कोरोनाको प्रभाव सबैभन्दा नराम्रो भएको अवस्थामा क्षति ३ खर्ब ४७ अर्ब डलर पुग्नेछ । यसको प्रभाव औसत रह्यो भने अर्थात् कोरोनाको सघन संक्रमण देखिएको (जनवरीको अन्त्यतिर) ३ महिनाभित्र यात्रा प्रतिबन्ध फुकुवा हुन थाल्यो भने पनि विश्व अर्थतन्त्रमा एक खर्ब ५६ अर्ब क्षति हुने अनुमान एडिबीको छ । जुन ० दशमलव २ प्रतिशत हो ।

त्यसमध्ये चीनमा मात्रै एक खर्ब तीन अर्ब डलरको क्षति हुने एडिबीको आकलन छ । जुन चीनको जिडिपीको ० दशमलव ८ प्रतिशत हो । अवस्था खराब हुँदा चीनमा मात्रै दुई खर्ब ३७ अर्ब डलरको क्षति हुनेछ । अन्य विकासशील एसियाली मुलुकमा २२ अर्ब डलर क्षति हुने अनुमान छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ