आज दिनभर वर्षाको सम्भावना

2020-03-07

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो ।

हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू–भागका केहि स्थानमा लगाएत मध्य र पूर्वी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति पनि देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु–भागका एक/दुई स्थानमा मेघ गर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ