सेनाभित्रको भ्रष्टाचार अख्तियारलाई छानबिन गर्न दिन सुझाव

2020-03-06

काठमाडौं - संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको कार्यदलले नेपाली सेनाभित्रको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन सुझाव दिएको छ । सांसदहरु दिलेन्द्रप्रसाद बडु, रेखा शर्मा र नवराज सिलवाल सदस्य रहेको कार्यदललेसेनाभित्रको नीतिगत भ्रष्टाचारबारे संसदीय समितिमा छलफल गर्न र पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीविरुद्धको भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा पठाउन सुझाव दिएको छ ।

नेपाल सेनाको मुख्यालय पुनर्निर्माण, सेना संलग्न अन्य विकास निर्माणका काम र सेनाका लागि आवश्यक वस्तुहरुको खरिद प्रक्रियामा अनियमितता हुने गरेको भन्दै सांसद रेनुका गुरुङले समितिमा उजुरी दिएकी थिइन् । त्यसपछि समितिले उक्त उजुरीबारे छलफल गर्न कार्यदल गठन गरेको हो ।

समिति बैठकमासांसद दिलेन्द्रप्रसाद बडूले नेपाली सेनाको विश्वसनीयता कायम हुनुपर्ने बताए । सांसद रेखा शर्माले सेना निर्विवाद र पारदर्शी हुनुपर्ने बताइन् ।

‘सेना पारदर्शी हुनुपर्छ’
नेकपाका सांसद लालबाबु पण्डितले नेपाली सेनामाथि प्रश्न उठ्नु ठीक नहुने भन्दै पारदर्शी हुनुपर्ने बताए । ‘सेनाको हरेक लेखा परीक्षण समयमा र वैधानिक रुपमा हुनुपर्छ । महालेखाले प्रश्न उठाइरह्यो भने बाहिर पनि प्रश्न उठिरहन्छ’ पण्डितले भने ।

सांसद देवेन्द्रराज कंडेलले सेनालाई विकास निर्माणको काममा लगाउन नहुने बताए । ‘सेनालाई ठेकेदार बनाउने हो कि सुरक्षाको जिम्मा दिने हो । सबैभन्दा पहिले यो प्रष्ट हुनुपर्छ’ कंडेलको भनाई छ । सांसद अमरेशकुमार सिंहले पूर्वप्रधानसेनापति क्षेत्रीले गरेको भनिएको भ्रष्टाचारबारे छानविनको माग गरे ।

कांग्रेसकै सांसद डिला संग्रौलाले गुल्महरुलाई आफुखुसी बजेट दिने, बढुवामा मनोमानी हुने, विकास निर्माणमा अनियमितता हुने जस्ता आरोपको छानविन हुनुपर्ने बताइन् ।

रक्षामन्त्री र प्रधान सेनापति गएनन्
बिहीबार समिति बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा बोलाए पनि गएनन् । रक्षामन्त्रीको सट्टा रक्षासचिव रेश्मीराज पाण्डे उपस्थित थिए । प्रधानसेनापति थापाको सट्टा रथी शरद गिरी नेतृत्वको टोली गएको थियो ।

समिति सभापति शशी श्रेष्ठले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्रीसमक्ष पु¥याइदिन रक्षासचिव पाण्डेलाई निर्देशन दिइन् । संसदीय समितिले छलफलमा बोलाउँदा उपस्थित नभएर रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापाले संसदीय समितिको गरिमालाई लत्याएको आरोपसमेत सांसदहरुले लगाए ।

‘संसदीय समितिको गौरव र गरिमाको लागि रक्षामन्त्री र प्रधानसेनापति सहितको उपस्थिति भएको भए राम्रो हुने थियो’ नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले भने । मन्त्री र प्रधानसेनापति नभएपछि सांसदहरु श्रेष्ठ, झपट रावल, वृजेशकुमार गुप्ता, अमरेशकुमार सिंह लगायतले बैठक स्थगित गर्न माग गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ