प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, एक सातामा डिस्चार्ज

2020-03-06

काठमाडौँ - प्रधानमन्त्री केपी ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षा गरेभन्दा धेरै राम्रो छ,’ शल्यचिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले भने ।

ओलीलाई तरल तथा नरम खानेकुरा दिन थालिएको छ । प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालिसकेको अस्पतालले जनाएको छ । तर, मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति संक्रमणको उच्च जोखिममा रहने भएकाले उपचारमा संलग्न चिकित्सकबाहेक अन्यलाई भेट गर्न दिइएको छैन ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले भने, ‘प्रधानमन्त्रीज्यू घाउ दुख्यो भने दुख्यो भन्नुहुन्छ । अन्य वेला ठीक छ, दुखेको छैन भन्नुहुन्छ ।’ संक्रमणलाई मध्यनजर गर्दै ओलीलाई एक सातापछि आइसियूबाटै डिस्चार्ज दिने तयारी चिकित्सकको छ ।

प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गर्न थाले पनि अहिले नै शरीरले मिर्गौला लियो भनेर दाबी गर्ने वेला भने नभएको चिकित्सकहरू बताउँछन् । ओलीको ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई पनि तरल तथा नरम खाना दिन सुरु गरिएको निर्देशक खड्गाले बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ