नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

2020-03-04

काठमाण्डाै - एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५।३ ओभरमा पूरा गर्दा कुशल मल्लले उत्कृष्ट पारी खेले ।

पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ५ चौका र २ छक्कासहित ३६ रनको नट आउट पारी खेले । यसैगरी पवन शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे ।

नेपालले एक मात्र विकेट पारसको रुपमा गुमाएको हो । पारस व्यक्तिगत ९ रन बनाएर आउट भए । ५ बल फेस गरेका पारसले २ चौका प्रहार गरे । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबैविकेट गुमाएर ६६ रन बनाएको थियो ।

थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिँदा अविनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो । भुवनले आजै डेब्यु पनि गरेका हुन् । नेपालका ६ जनाले थाइल्याण्डविरुद्ध बलिङ गरे । करण केसीले ४ ओभर बलिङ गर्दा १२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अबिनाशले ४ ओभर बलिङ गर्दा २३ रन दिएर २ विकेट लिए ।

सन्दीपले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिए भने भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चिँदै एक विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन दिए भने कुशल मल्ले २ ओभरमा ४ रन खर्चिएका थिए ।




थप समाचार


ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई ...

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ । भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको ...

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...




ट्रेन्डिङ