म्यानचेष्टर सिटी प्रिमियर लिगमा लगातार तेस्रो पटक च्याम्पियन

2020-03-02

काठमाडौं - प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कप (लिग कप) को उपाधि जितेको छ । आइतबार राति वेम्लीमा भएको फाइनलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले उपाधिमा ह्याट्रिक गरेको हो ।

पछिल्लो पाँच वर्षमा सिटीको यो चौथो उपाधि हो । सर्वाधिक उपाधि जित्नेमा सिटी दोस्रो स्थानमा छ । लिभरपुलले ८ र सिटीले ७ पटक उपाधि जितेका छन् ।

सिटीको जितमा सर्जियो अगुएरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाका लागि मबवाना समताले एक गोल फर्काए ।

प्रिमियर लिगको साविक विजेतासमेत रहेको सिटीले लिगमा भने यसपटक राम्रो प्रदर्शन गर्न सकेको छैन । लिग लिडर लिभरपुलभन्दा २२ अंले पछि रहेको सिटी उपाधि होडबाट लगभग बाहिरिसकेको छ ।




थप समाचार


मनाङले जित्यो आहा रारा गोल्डकपको उपाधि

मनाङले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा - १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ४—३ ...

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

काठमाण्डाै - एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । ...

बार्सिलोनालाई हराउंदै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा

 बार्सिलोनालाई हराउंदै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।आईतबार राति घरेलु मैदानमा भएको ...





ट्रेन्डिङ