बार्सिलोनालाई हराउंदै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा

2020-03-02

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।
आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियलले दोस्रो हाफमा दुई गोल गर्‍यो । रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एक(एक गोल गरे ।

खेलको ७१ औं मिनेटमा भिनसियल जुनियरले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियानोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

एल क्लासिकोको जितले रियलका प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले एक अंक मात्र जोडेको थियो । पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसँग घरेलु मैदानमै पराजित भएपछि रियलका प्रशिक्षक जिदान दबाबमा थिए ।

एल क्लासिकोको जितपछि रियल ५६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ५५ अंकसहित दोस्रो स्थानमा छ ।




थप समाचार


मनाङले जित्यो आहा रारा गोल्डकपको उपाधि

मनाङले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा - १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ४—३ ...

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

काठमाण्डाै - एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । ...

म्यानचेष्टर सिटी प्रिमियर लिगमा लगातार तेस्रो पटक च्याम्पियन

म्यानचेष्टर सिटी प्रिमियर लिगमा लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौं - प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कप (लिग कप) को उपाधि जितेको छ । आइतबार राति वेम्लीमा भएको फाइनलमा एस्टन ...





ट्रेन्डिङ