महाधिवेशनको तयारीमा राप्रपा, ४ हजार ५ सय प्रतिनिधि हुने

2020-03-02

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएकाे छ। राप्रपा अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन्।

पार्टीको केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन, आर्थिक र सूचना प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले समय सीमाभित्र तोकिएको कार्य सम्पन्न गर्न र नियमित अनुगमन गर्न समेत आग्रह गरे। तल्लो तहको अनुशिक्षण बैठक तत्काल सम्पन्न गर्न र सक्रिय सदस्यता अभियानलाई प्रभावकारी बनाउन थापाले आग्रह गरे।

राप्रपाको पछिल्लो संशाेधित विधानअनुसार यसपटकको महाधिवेशन सक्रिय सदस्यताको आधारमा हुनेछ। तोकिएको न्यूनतम सक्रिय सदस्यता नबनेका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधान राखिएको छ। पालिका, प्रदेश, संघ र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वतः प्रतिनिधि हुनेछन् भने प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितिबाट ८ जनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन्।

८ जनामा अनिवार्य २ महिला, १ उत्पीडित, २ आदिवासी जनजाती, पिछडिएको, अल्पसंख्यक, थारु, मधेसीबाट र ३ अन्यबाट गरी प्रतिनिधित्व रहने छ। महाधिवेशनमा प्रभासबाट सहभागी हुने समेत जोड्दा ४ हजार ५ सय प्रतिनिधिको सहभागीता रहने जनाइएको छ।

बैठकमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, निर्वाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ, संगठन विभाग प्रमुख सांसद राजेन्द्र लिङ्देन, सचिवालय प्रमुख भाष्कर भद्रा, सूचनाप्रविधि विभाग प्रमुख राजाराम बर्तौलालगाएतको उपस्थिति थियो।




थप समाचार


राजपा संयोजकमा शरतसिंह भण्डारी

राजपा संयोजकमा शरतसिंह भण्डारी

काठमाडौं - राष्ट्रिय जनता पार्टीमा बुधबारदेखि नयाँ संयोजकले जिम्मेवारी सम्हाल्दैछन्। महेन्द्रराय यादवको अध्यक्षतामा मंगलबार बसेको सो पार्टीको बैठकले अध्यक्ष मण्डलको नयाँ संयोजकमा शरतसिंह भण्डारीलाई तोकेको ...

पार्टी एकतापछि राप्रपाका तीन अध्यक्षले गरे पदाधिकारी मनोनयन

पार्टी एकतापछि राप्रपाका तीन अध्यक्षले गरे पदाधिकारी मनोनयन

काठमाडौं - राप्रपाका अध्यक्षत्रयले सहमतिका आधारमा पार्टीको अन्तरिम विधानअनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्। अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले राप्रपाको सचिवालय ...

दुई राप्रपा एक हुँदै, एकता घोषणा आज !

दुई राप्रपा एक हुँदै, एकता घोषणा आज !

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार (आज) एकीकरणको औपचारिक घोषणा हुँदैछ। राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष ...





ट्रेन्डिङ