प्रदेश १ की सांसद गुलेफुन खातुन किर्ते मुद्दामा दोषी ठहर

2020-03-02

बिराटनगर - प्रदेश १ की सांसद गुलेफुन खातुन किर्ते मुद्दामा दोषी ठहर भएपछि उनलाई पदमुक्त गराउन निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित उनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो । तर, दोषी ठहर भएकी खातुन अझै प्रदेश १ को प्रदेश सभा सदस्यमा कायमै छिन् । उनी मोरङबाट निर्वाचित भएकी हुन् ।

प्रदेश १ को प्रदेश सभा सचिव गोपालप्रसाद पराजुली प्रतिनिधित्वका सम्बन्धमा निर्वाचन आयोग र सम्बद्ध दलबाट औपचारिक निर्णय नआउँदासम्म प्रदेश सभामा खातुनको प्रतिनिधित्व कायमै रहने बताउँछन् । गत ६ पुसमा उच्च अदालत विराटनगरले उनलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई केही सदर गर्दै ४३ हजार सात सय ५० को दामासाही (बराबरी)ले हुने १४ हजार पाँच सय ८३ रुपैयाँ बिगो कायम हुने फैसला भएको हो ।

उच्च अदालतको फैसलापछि खातुनलाई पदमुक्त गराउन निर्वाचन आयोगमा उजुरी परेको छ । जिल्ला र उच्च अदालतको फैसलाले दोषी ठहर गर्दा पनि प्रदेश सभा सदस्यमा कायम रहनु कानुनविपरीत भएको दाबी गर्दै गुलेफुन खातुनलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गराई आवश्यक कारबाहीका लागि आयोगमा उजुरी परेको हो । आयोगले भने यो विषय अदालतबाटै टुंगिनुपर्ने जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ