कोरोना भाइरसले अमेरिकामा एक जनाको मृत्यु, वासिङ्टनमा आपत्कालीन स्थितिकाे घोषणा !

2020-03-01

वासिङ्टन - कोरोना (कोभिड १९) भाइरस संक्रमणका कारण अमेरिकामा एक जनाकाे मृत्यु भएकाे छ। वासिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।

कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वासिङ्टनका गभर्नरले आपत्कालीन स्थितिकाे घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन्।

अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्धको घोषणा गरेको छ।

चीनकाे वुहानबाट सुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ। २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ