इन्धनमा कर वृद्धिकाे निर्णय फिर्ता लिन नेविसंघकाे माग

2020-02-29

काठमाडाैं - नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले इन्धनमा कर लगाउने सरकारकाे निर्णय फिर्ता लिन माग गरेकाे छ। इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा मूल्यवृद्धि हुने र नागरिक मारमा पर्ने भन्दै उसले यस्ताे माग गरेकाे हाे।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर ४ बुँदे माग राख्दै सरकारले ती माग पूरा नगरे आन्दाेलनमा जान बाध्य हुने बताएका छन्।

नेविसंघले आयातित पाठ्यपुस्तकमा कर नलगाउन, ललितानिवास जग्गा प्रकरण र प्रिन्टिङ प्रेस काण्डमा मुछिएका नेता मन्त्री र नेतालाई छानबिन गर कडा कारबाही गर्न र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न माग गरेकाे छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ