गुरुङ चलचित्र ''फिच्यो''को ट्रेलर सार्वजनिक, पहिलो 'सो' चैत्र १ गते पोखरामा !

2020-02-28

काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को ट्रेलर सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय भित्रको कथा बोकेको चलचित्रको ट्रेलर युट्युबमा सार्वजनिक भएको हो ।

चलचित्रको मुख्य भूमिकामा विश्वास गुरूङ, ईन्द्र घले(काशी)का अलावा टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ , पेम्बा छिरिड० सेर्पा, सिर्जना गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

युनिटले चलचित्रको प्रदर्शनी पोखराबाट थालनी गर्दैछ । ''फिच्यो''को पहिलो प्रिमियर सो यहि चैत्र १ गते पोखरामा हुनेछ' चलचित्रका निर्देशक बिकास घले गुरुङले भने । बाराही चलचित्र मन्दिर, पोखरामा बिहान ११:०० बजे र दिउँसो २:०० बजे गरि दुइ वटा सो हुने उनले जानकारी दिए । चलचित्रको निर्माण पक्षले मोबाइल टिकट बुकिङ्गका लागि ९८०६६४२७९८ र ९८०३२९७३२१ सम्पर्क गर्न भनेको छ ।

गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्रलाई नेपाल र विश्व भरि छरिएर रहेका गुरुङ समुदाय बिच क्रमशः प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । विषयवस्तु र कथा-पात्रलाई सुक्ष्म रुपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकास घले गुरुङले यस चलचित्रमा पनि कथाले मागेकै अनुसारको लोकेसन र कलाकार छनौट गरेको बताए ।

चलचित्रको दुइ वटा गित 'म त गाउँकि छोरी' र 'माया' बोलको गित यस अघि नै युट्युबमा सार्वजनिक भैसकेको छ ।

रेड ओसियन ईन्टरटेन्मेन्टकाे पहिलो प्रस्तुति रहेको यस फिल्मकाे लेखक पनि स्वयं बिकास घले गुरुङ नै हुन् । यसैगरि चलचित्रको छायांकन: प्रकाश गुरुङ (काश), संगीत: सन्ताेष श्रेष्ठ र गणेश गुरुङ, गितकार डा. धर्म राज उपाध्याय र केर सिङ गुरुङको रहेको छ भने मुख्य सहायक निर्देशक साेम गुरुङ हुन् । फिल्मको एडिटिंग सुपरभिजन तारा थापा, कलर श्याम कुँवर र ब्याक ग्राउण्ड स्कोरिंग सम्राट थापाले गरेका हुन् ।

चलचित्रका निर्माताहरू शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक), र अभिनाश यम.जि (मांगसुम) रहेका छन् ।

चलचित्रमा 'गुरुङ समाज भित्र बिध्यमान अस्थिरताले कर्मठ र जेहेन्दार युवालाई कसरि असर पुर्याउँछ र फलतः समाज कसरि थप अस्थिर र असम्बृद्ध बन्न पुग्छ' भन्ने देखाउन खोजिएको छ । एकता र भाइचाराको अभाबमा गुरुङ समुदाय भित्र विकास र सम्बृद्धको सवालमा पर्न गएको असर प्रस्तुत गर्दै विश्वभरका गुरुङहरु भावनात्मक रुपले एकाकार भए मात्रै समग्र समुदायको विकास, संस्कृतिको जगेर्ना तथा संरक्षण सम्भब हुने भन्दै विश्वभरका गुरुङहरु एक होऔं भन्ने संदेश दिन खोजिएको छ ।

पूर्ण रुपमा गुरुङ संस्कार र संस्कृति बोकेको चलचित्र समुन्द्री सतह बाट १७०० मिटर माथि अवस्थित लमजुङको सुन्दर ठाउँ 'क्ल्हो सोथर गाऊँपालिकाको "तमु गाउँ" मा खिचिएको हो । चलचित्रले मनोरंजन र शिक्षा दिनुका अलावा गुरुङ समुदायको संस्कृतिको जगेर्ना, संरक्षण तथा सम्बर्द्धनको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ ।

 




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ