गुरुङ चलचित्र ''फिच्यो''को ट्रेलर सार्वजनिक, पहिलो 'सो' चैत्र १ गते पोखरामा !

2020-02-28

काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को ट्रेलर सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय भित्रको कथा बोकेको चलचित्रको ट्रेलर युट्युबमा सार्वजनिक भएको हो ।

चलचित्रको मुख्य भूमिकामा विश्वास गुरूङ, ईन्द्र घले(काशी)का अलावा टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ , पेम्बा छिरिड० सेर्पा, सिर्जना गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

युनिटले चलचित्रको प्रदर्शनी पोखराबाट थालनी गर्दैछ । ''फिच्यो''को पहिलो प्रिमियर सो यहि चैत्र १ गते पोखरामा हुनेछ' चलचित्रका निर्देशक बिकास घले गुरुङले भने । बाराही चलचित्र मन्दिर, पोखरामा बिहान ११:०० बजे र दिउँसो २:०० बजे गरि दुइ वटा सो हुने उनले जानकारी दिए । चलचित्रको निर्माण पक्षले मोबाइल टिकट बुकिङ्गका लागि ९८०६६४२७९८ र ९८०३२९७३२१ सम्पर्क गर्न भनेको छ ।

गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्रलाई नेपाल र विश्व भरि छरिएर रहेका गुरुङ समुदाय बिच क्रमशः प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । विषयवस्तु र कथा-पात्रलाई सुक्ष्म रुपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकास घले गुरुङले यस चलचित्रमा पनि कथाले मागेकै अनुसारको लोकेसन र कलाकार छनौट गरेको बताए ।

चलचित्रको दुइ वटा गित 'म त गाउँकि छोरी' र 'माया' बोलको गित यस अघि नै युट्युबमा सार्वजनिक भैसकेको छ ।

रेड ओसियन ईन्टरटेन्मेन्टकाे पहिलो प्रस्तुति रहेको यस फिल्मकाे लेखक पनि स्वयं बिकास घले गुरुङ नै हुन् । यसैगरि चलचित्रको छायांकन: प्रकाश गुरुङ (काश), संगीत: सन्ताेष श्रेष्ठ र गणेश गुरुङ, गितकार डा. धर्म राज उपाध्याय र केर सिङ गुरुङको रहेको छ भने मुख्य सहायक निर्देशक साेम गुरुङ हुन् । फिल्मको एडिटिंग सुपरभिजन तारा थापा, कलर श्याम कुँवर र ब्याक ग्राउण्ड स्कोरिंग सम्राट थापाले गरेका हुन् ।

चलचित्रका निर्माताहरू शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक), र अभिनाश यम.जि (मांगसुम) रहेका छन् ।

चलचित्रमा 'गुरुङ समाज भित्र बिध्यमान अस्थिरताले कर्मठ र जेहेन्दार युवालाई कसरि असर पुर्याउँछ र फलतः समाज कसरि थप अस्थिर र असम्बृद्ध बन्न पुग्छ' भन्ने देखाउन खोजिएको छ । एकता र भाइचाराको अभाबमा गुरुङ समुदाय भित्र विकास र सम्बृद्धको सवालमा पर्न गएको असर प्रस्तुत गर्दै विश्वभरका गुरुङहरु भावनात्मक रुपले एकाकार भए मात्रै समग्र समुदायको विकास, संस्कृतिको जगेर्ना तथा संरक्षण सम्भब हुने भन्दै विश्वभरका गुरुङहरु एक होऔं भन्ने संदेश दिन खोजिएको छ ।

पूर्ण रुपमा गुरुङ संस्कार र संस्कृति बोकेको चलचित्र समुन्द्री सतह बाट १७०० मिटर माथि अवस्थित लमजुङको सुन्दर ठाउँ 'क्ल्हो सोथर गाऊँपालिकाको "तमु गाउँ" मा खिचिएको हो । चलचित्रले मनोरंजन र शिक्षा दिनुका अलावा गुरुङ समुदायको संस्कृतिको जगेर्ना, संरक्षण तथा सम्बर्द्धनको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु

काठमाडौं - बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु भएको छ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको ज्यान लिएको

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक, तेस्रो चरण सुरु

एजेन्सी - बेलायतको एक संसदीय समितिले अक्सफोर्ड विश्वविद्यालयमा कोभिड–१९ को खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भएको जनाएको छ। संसदीय सुनुवाईका क्रममा समितिले उक्त जानकारी दिएको

लकडाउनले चिया क्षेत्र थलियो : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

इलाम - मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर

बोत्स्वानामा ३ महिनाको बिचमा ३ सय ५० भन्दा बढी हात्ती मरे, कारण अझै पत्ता लागेन

एजेन्सी - अफ्रिकी मुलुक बोत्स्वानामा एकपछि अर्को गर्दै सयौं हात्ती मर्न थालेपछि वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। बोत्स्वानाको ओकाभांगो डेल्टामा गत मेयता ३ सय ५०

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ८ जना संक्रमित

पोखरा - गण्डकी प्रदेशका ४ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ८ आना संक्रमित