गोकुल बाँस्कोमाथि छानविन गर्न चौतर्फी दवाव !

2020-02-23

धनगढी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गोकुल बाँस्कोटा अडियो प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्। पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमका लागि धनगढी पुगेका अध्यक्ष थापाले प्रधानमन्त्री र अख्तियार दरुपयोग आयोगले निष्पक्ष रुपमा छानविन गर्नुपर्ने माग गरेका हुन्।

उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। न्यायिकतहमा आफू निकट व्यक्ति राख्दै अनियमित र लुटतन्त्रलाई कानुनी मान्यतातर्फ उन्मुख भएको आरोप लगाए। ‘देशको सबैभन्दा चुनौती भ्रष्टचार भएको छ’, उनले भने, ‘लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ। तत्कालीन माओवादीले आफ्नै लडाकु रकमबाट सुरु भएको घोटाला अहिले व्यापक र विकराल भएको छ। आमुल परिर्वतन नारा दिएर सुरु भएको भ्रष्टाचार नेपालमा लुटतन्त्रलाई संस्थागत गर्दै गएको छ।’

अहिलको राजनीतिक अभ्यासले केवल व्यक्ति र दलमात्र होइन व्यवस्थापकीय भ्रष्टीकरण हुँदै गएको उनले आरोप लगाए। अनियमितता र लुट कायम गर्न कुनै कानुन बाधक भएमा बहुमतको आडमा कानुन नै परिर्वत गरिदिने, अनु्सन्धन, कारवाही गर्ने र न्याय दिने निकायमा पार्टीको प्रभावमा रहेका व्यक्तिलाई नियुक्ति दिने, ठेक्कापट्टा र सार्वजनिक खरिद विषयलाई नीतिगत विषयको आवरण बनाएर भ्रष्टचारबाट उन्मुक्ति गराउन मन्त्री परिषद्बाट निर्णय गराउने, जस्ता कार्यले वर्तमान संरचनालाई भ्रष्टीकरण गर्दै गएको उनले बताए।

अहिले अनियमित र भ्रष्टाचार गर्न कसैसँग डराउने नपर्ने वातावरण बन्दै गएको उनले उल्लेख गरे। उनले अहिलेको प्रमुख प्रतिपक्ष दल समेतको सहमतीमा भ्रष्टचार हुने गरेको आरोप लगाए।

अध्यक्ष थापाले एमसीसी सत्तारुढ दलका नेताको कारण नै विवादमा परेको बताए। एमसीसी मुलुक हितमा हुँदाहुँदै पनि सत्तारुढ दलका नेताको झै–झगडा र बाह्य हस्तक्षेपका कारण विवाद आएको बताउँदै उनले सरकार यस बारेमा प्रष्ट हुन आवश्यक रहेको बताए। उनले राजसंस्थालाई पाखा लगाएपछि मुलुकमा बाह्य हस्तक्षेप बढेको बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ