योजना कार्यान्यनको समयमा नगरमा विवाद

नगरपालिकाको पत्रकार सम्मेलन

2020-02-22


दिवाकर पोख्रेल
देउखुरी, फागुन । आर्थिक बर्ष २०७६ ÷७७ मा कार्यान्यन गर्नुपर्ने योजनाहरु कार्यान्यन गर्ने अत्यावश्यक समयमा लमही नगरपालिकामा विवाद सिर्जना भएको छ । लमही नगरपालिकाले सिपमुलक तालिम संचालन गर्नको लागि संघसंस्थासंग टेण्डरमा अनियमितता गरेको भन्दै संलग्न कर्मचारीलाई बारवाही प्रकृया अघि बढाएपछि नगरपालिकाको विवाद सतहमा आएको हो । नगरपालिकामा कार्यरत नवौ तहका अधिकृत रविन्द्र क्षेत्री,लेखा अधिकृत गौरव कुमार लामिछाने र योजना शाखामा कार्यरत पुष्पराज अधिकारीको संलग्नतामा अनियमितता भउको भन्दै नगरप्रम्ख कुलवहादुर केसी र उप प्रमुख देवका बेल्वासेले कारवाही प्रकृया अघि बढाउनु भएको हो ।
कारवाही अन्तरगर्त स्थायी कर्मचारी द्धोय क्षेत्री र लामीछानेलाई प्रकृया मिलाएरु सरुवा जान र करारमा रहेका अधिकारीलाई राजीनामा दिन भनिएको थियो । यस विषयमा लमही नगरपालिकामा कार्यरत कर्मचारी र कार्यपालिका बहुमत सदस्यहरुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीलाई अनावश्यउक दुख दिएको भन्दै उहाँको सरव माग गरेका थिए ।


बहुमत कार्यपालिका सदस्य र कर्मचारीबाट प्रमुख प्रशासकिय प्रमुखको सरुवा माग सहतिको सिनर्णय वाहिर आएपछि नगरप्रमुख र उप प्रमुखले सयुक्त रुपमा पत्रकार सम्मेलन गर्नुभएको छ । शनिवार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख कुलवहादुर केसीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गहेन्द्रवहादुर डाँगीले आफुहरुको आदेशको पालन गरेको भन्दै बदमासी गर्ने कर्मचारी कुनैपनि हालतमा कारवाही गरि छाड्ने बताउनुभयो । आफु अनुमल नभएपछि ठेन्डरका शिलबन्दी खाम च्यात्ने दर्ता कितावको पाना च्यात्ने सम्मको गैर कानुनी कारवाही गर्ने कर्मचारीलाई माघ १० गते देखि हाजिरमा रोक लगाएको बताउनुभयो । उप प्रमुख र मेरो सल्लाहमा स्थायी कर्मचारीलाई सरव जान र करारका कर्मचारीलाई राजनीमा गर्न निर्देशन गरिएको हो, नगरप्रमुख केसीले भन्नुभयो ।


संचार माध्यममा प्रमुख प्रशासकिय अधिकृत प्रति लक्षित समाचारहरु सबै भ्रामक,पुर्वाग्रही र कपोकल्पीत हुन,हाम्रो नेतृत्वको कार्यथालेमा उनिबाट हुकुमी शैलीबाट कार्यसम्पादन भएको अवस्था भए सम्बन्धित ठाउँमा त्यसको उजुरी,गुनाशो गर्न छाडेर होटल,चोक, सडक र सामाजिक संजालमा छरपस्ट गर्नु जायज होइन भनिएको छ । नगरप्रमुख केसी र उप प्रमुख बेल्वासे द्धारा हस्ताक्षरीत विज्ञप्तीमा सबैलाई सुझवुझका साथ बुझीदिन समेत आग्रह गरिएको छ ।
यता नगरपालिका नौ वटा वडाअध्यक्ष मध्ये आठ जना वडाअध्यक्ष सहितका बहुमत कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकिय प्रमुखको सरव व्यवस्था मिलाउन माग गरेका छन् जेष्ठ वडाअध्यक्ष मेघनारायण चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकिय प्रमुखको सरवा नगरीए सामाजिक बहिस्कार समेत गर्ने चेतावनी दिएका छन् । यता कर्मचारीरुले पनि प्रमुख प्रशासकिय अधिकृतलाई तारो बनाएका छन् । हुकुमी शैलीमा कार्यसम्पादन गरेको भन्दै यस विषयमा सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ