कम्युनिस्टहरू सत्तामा पुगेपछि आदर्शबाट विचलित हुनु दु:खद् : प्रचण्ड

2020-02-22

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आफैँले आफैँलाई सिध्याउने विश्व कम्युनिस्ट इतिहासका लक्षण देखिएको बताएका छन् । भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन शिलान्यास गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरू आफ्नो आदर्शबाट विचलित हुन थालेको बताए ।

‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग, तपस्या र बलिदान गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, जनता जहाँ बस्छन् त्यही बस्नेँ, जे खान्छन् त्यहीँ खाने, उनको मन जित्ने र नभएको सत्ता पनि प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन्,’ उनले भने, ‘सत्ता प्राप्त गरिसकेपछि आदर्शबाट विचलित हुने घट्ना विश्व इतिहासमा छन् । नेपाली इतिहासमा पनि त्यस्ता लक्षण देखिने गरेका छन् ।’

प्रचण्डले सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालच, विकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलाप देखिने गरेको भन्दै चिन्ता व्यक्त गरे । ‘हाम्रो नियति पनि त्यतैतिर जाने खतरा देखियो । हिजोआजका घट्नाले पनि त्यही संकेत गरिरहेका छन्,’ उनले भने । सत्तामा पुगेपछि कम्युनिस्टहरू आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्‍व इतिहासको चर्चा गरेका उनले यहाँ त्यही क्रम दोहोरिन थालेको बताएका थिए । ‘कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी नै बनाएर लैजानुपर्छ । शुद्धीकरण गर्न संकल्प गर्नुपर्छ,’ उनले अगाडि भने, ‘जनतासँगको सम्बन्ध राम्रो बनाएर लैजाने संकल्प गर्ने वेला आइसकेको छ ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ