'एमसिसी'को माहोल बनाउन अमेरिकी संसदीय टोली काठमाडौंमा

2020-02-21

काठमाडौँ - अमेरिकी संसद्को एसिया प्रशान्त एवं परमाणु अप्रसार उपसमितिका अध्यक्ष एमी बेराको नेतृत्वमा चारसदस्यीय संसदीय टोली बिहीबार काठमाडौं आएको छ । टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ ।

अमेरिकी विदेश नीति र सहायताबारे नेपालको दृष्टिकोण बुझ्न टोली आएको अमेरिकी दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले एमसिसी सम्झौता संसद्मा दर्ता गरिएको र शीघ्र पारित हुने जवाफ दिएको परराष्ट्र स्रोतले बताएको छ ।

ज्ञवालीले एमसिसीअन्तर्गत ५० अर्ब रुपैयाँबराबरको अमेरिकी सहायता नेपालले स्वीकार गर्ने र त्यसले नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा सहयोग पुग्ने पनि विश्वास व्यक्त गरे । उनीहरूले एमसिसीबारे नेपालमा विभाजित मतबारे चासो राखेका थिए ।

‘प्रतिनिधिमण्डलले सरकारी अधिकारी, नागरिक समाजका सदस्य, अमेरिकी दूतावास र मिलेनियम च्यालेन्ज कर्पोरेसनका कर्मचारीसँग भेट्ने कार्यक्रम छ,’ अमेरिकी दूतावासको विज्ञप्तिमा उल्लेख छ । यसअघि टोलीले भारत र श्रीलंका भ्रमण गरेको थियो । भ्रमण दलमा सांसदहरू बेराबाहेक जर्ज होल्डिङ, निकोल बरोज तथा उपसमितिका वरिष्ठ कर्मचारी साजित गान्धी छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ