मकवानपुरमा बालविवाह रोकौं अभियान : आठ जोडीको विवाह रोकयो

2020-02-21

मकवानपुर - जिल्लामा बालविवाह रोक्ने अभियानअन्तर्गत एक सातामा आठ जोडी बालबालिकाको विवाहमा रोक लगाइएको छ। बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता र सिविन बाल हेल्पलाइन मकवानपुरको पहल एवं सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा बालविवाह गर्नमा रोक लागाइएको हो।

एक सातामा भीमफेदी गाउँपालिकामा ७ वटा बालविवाहमा रोक लगाइएको छ। गाउँपालिकाका अध्यक्ष हिदम लामाले बालविवाह न्यूनीकरण नगरी बालमैत्री पालिका घोषणा गर्न नसकिले भएकाले सर्वप्रथम बालविवाहमा रोक लगाउन पालिकाको तर्फबाट कुनै कसूर बाँकी नराख्ने बताए।

बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झविन्द्र ज्ञवालीलगायतको सहभागितामा बालविवाह रोक लगाउन गाउँपालिकाकाे छलफलमा अध्यक्ष लामाले भनेका थिए। लामाले छलफलमा बालबालिकाको अभिभावकसँग बालविवाहविरुद्ध सरकारी नीतिको जानकारी गराएर बालबालिका र अभिभावकलाई सचेत गराए। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ