बाँस्कोटाको कमिसन काण्डमा अख्तियारले थाल्याे छानबिन !

2020-02-21

काठमाडौं - अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुसकाण्डमा मुछिएर राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिन थालेकाे छ।

सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेकाे अडियाे बाहिरएपछि ध्यानाकर्ण भएकाे अख्तियारले जनाएकाे छ। अख्तियारले अध्ययनका लागि हिजाे बाँस्काेटाकाे कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएकाे छ। साथै बाँस्काेटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ।

सेक्युरिटी प्रेस खरिदमा बाँस्काेटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयाेगले छानबिन थालेको हो। मिडियामा आएका विषयमा अख्तियारकाे ध्यानाकर्षण भएर अध्ययन थालेकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

७० करोड घुसकाण्डमा बाँस्कोटाको अडियो सार्वजनिक भएको हाे।

यस्तै राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागले अवैध तरिकाले सम्पत्ति जोडेको हुनसक्ने आशंकामा उक्त अडियोमाथि छानबिन गर्न सक्छ। सम्पत्ति शुद्धीकरण निवारण ऐनविरुद्धको कार्यमा पनि सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान गर्न सक्ने नेपाल बार एसोसियसनका पूर्व महासचिव एवं अधिवक्ता सुनिलकुमार पोखरेलले बताए।

बाँस्कोटाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुन सक्छ। बाँस्कोटाले भ्रष्टाचार उद्योग गरेको ठहर भएमा ८ वर्षसम्म कैद र बिगोको आधार सजाय हुन सक्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ