महाशिवरात्रीका लागि यस्तो छ सवारी आवागमनको रुट !

2020-02-21

काठमाडौं - महाशिवरात्रीमा पशुपति क्षेत्र आसपास प्रहरीले सवारी प्रवेश निषेध गरेको छ। शुक्रबार पशुपति क्षेत्रमा पूजाआज गर्न आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमनको रुट समेत निर्धारण गरेको छ।

प्रहरीले तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ। यससँगै दर्शनार्थीका सहजताका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारवटै ढोका खुल्ला गर्ने निर्णय गरेको छ।

तीनवटा ढोकाका लागि कम्तिमा तीन लाइनको व्यवस्था गरिएको छ।

दर्शनार्थीलाई समस्या नहोस् भन्नका लागि मन्दिर आसपासका सडकहरूमा सवारी आवागमन बन्द गर्न लागिएको र त्यसको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्नका लागि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ