सेक्युरिटी मेसिन खरिदमा आफ्नो नामसमेत मुछिएको भन्दै लेखा समितिका सांसदहरुको आपत्ति

2020-02-20

काठमाडौं - संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकृयामा भएको भनिएको अनियमिततामा आफूहरुलाई समेत मुछेर सामाजिक सञ्जालमा आएको भन्दै आपत्ति जनाएका छन्।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणबारे छलफल गर्न बिहीबार समितिको बैठक बोलाइएको थियो। बिहीबारै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सोही विषयमा समेते बैठकमा छलफल भएको थियो।

बैठकमा समिति सदस्य सूर्य पाठकले विभिन्न व्यक्तिहरुले समितिका केही सांसद पनि खरिद प्रकृयामा कमिसन लिने कार्यमा संलग्न रहेको भन्दै विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा नामसहित आएकोप्रति आपत्ति जनाएका थिए। उनले आफ्नो मोबाईलमा सामाजिक सञ्जालमा उठिरहेका विषय देखाउँदै अनावश्यक हल्ला फैलाउने र आफ्नो चरित्र हत्या गर्न खोजिएको बताए।

‘मलगायत केही सत्तापक्ष र केही प्रतिपक्ष सांसदहरुको नाम यसमा मुछिएको भन्दै सामाजिक सञ्जालमा हाम्रो चरित्र हत्या गर्न खोजिएको छ। यस विषयमा गम्भीर अनुसन्धान गरेर चरित्र हत्या गर्नेलाई कारबाही होस,’ उनले भने। सांसद विरोध खतिवडाले पनि समितिका सांसदहरु नै कमिसनमा संलग्न भएको आरोप लगाउनु र समाचार आउनु आपत्तिजनक भएको बताए।

समितिका अर्का सांसद डा. मीनेन्द्र रिजालले लेखा समितिका सांसदहरुमाथि नै कमिसन खाएको आरोप लाग्नु लेखासमितिको विश्वसनीयता माथिकै प्रश्न भएको बताए। ‘हामी त्यो विषयलाई गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ भनिरहेका छौं। तर हामीलाई नै कमिसनको खेलमा डुबेको भन्ने समाचार आएको भन्ने पनि सुनियो। यो लेखा समितिको विश्वसनीयतामाथि गम्भीर आक्रमण हो,’ उनले भने।

त्यस्तै अर्का सांसद मोहम्मद इस्तियाक राईले जसरी सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिनमा कमिसन मागेको अडियो सार्वजनिक भएको उल्लेख गर्दै संलग्न अरु सांसदहरुको अडियो पनि सार्वजनिक गर्न चुनौती दिए। ‘मेरो नाम पनि त्यसमा मुछिएछ। भागबण्डामा पनि परेछु। जसरी सञ्चारमन्त्रीको अडियो बाहिर आएको छ, त्यसैगरी त्यसमा संलग्न लेखा समितिका सांसदहरुको अडियो पनि बाहिर ल्याइयोस,’ उनले भने।

लेखा समितिले यसरी समितिका सांसदहरुको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा लेख्नेहरुलाई साइबर क्राइम मुद्दा चलाउन र आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ