कर्तव्य ज्यान र अपहरणका एक दर्जन मुद्दा लागेका 'मोस्ट वान्टेड' पटेललाई गोली हानि पक्राउ

2020-02-19

काठमाडाैं - कर्तब्य ज्यान मुद्दा र अपहरणका एक दर्जन मुद्दा लागेका मोस्टवान्टेड एक जनालाई प्रहरीले गाेली हानेर पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय राैतहटका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेललाई गएराति ४ राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको हो।

उनी भारतमा लुकेर बस्दै आएकाे र पछिल्लाे समय नेपाल आएकाे सूराकीकाे आधारमा प्रहरीले निगरानी बढाएकाे थियाे। पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै गाेली चलाएपछि प्रहरीले उनीमाथि जवाफी फायरिङ गरेकाे जनाएकाे छ।

मौलापुर–८ सोनरनिया घर आउने क्रममा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे। जङ्गलकाे कच्चीबाटो हुँदै घर जाने क्रममा उनी पक्राउ परेका हुन्। उनी आउने थाहा पाएर प्रहरीले गौडा ढुकेर बसेको थियाे। उनी भारतीय नम्बर प्लेटको माेटरसाइकलमा अर्को व्यक्तिले ल्याएर छोडिदिएपछि जङ्गलकाे कच्चीबाटो हुँदै घर जान लागेकाे क्रममा पक्राउ गरेकाे हाे।

उनकाे साथबाट कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोलीसमेत बरामद भएकाे छ। पटेलविरुद्ध काठमाडौं र सर्लाहीमा अपहरण मुद्दा दर्ता छ भने रौतहटमा ३ वटा कर्तब्य ज्यान मुद्दा र अन्य अपहरण मुदा दर्ता भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


एकलौटी ब्यपार खोल्ने निर्णय,प्रशासन र स्थानीय सरकार बेखबर

दिवाकर पोख्रेलदेउखुरी, जेठ १८ । लामो समय लकडाउनको कारण व्यपार व्यवसाय धरासायी हुन थालेको भन्दै दाङको देउखुरी उद्योग बाणिज्य संघले लमही बजार खुला गर्ने

सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको

आइतवारको बैठकको संबिधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं- आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान

दैलेखमा कोरोनाले थप एक जनाको मृत्यु, ७ पुग्यो संख्या

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.

संविधान संशोधनलाई लिएर जसपाभित्र विवाद

काठमाडौ - संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा विवाद बढ्न थालेको छ। सरकार प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि जसपामा आन्तरिक विवाद बढेको हो। संविधान

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार

गुल्मीमा क्वारेन्टाइनबाट भागेर आत्महत्या

काठमाडौं - गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियार गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला