‘प्रकाण्ड’का छोरा नयाँ वानेश्वरबाट पक्राउ

2020-02-18

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा सोमबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्।

चन्दा असुली, आतंक, नाराजुलुसजस्ता अराजक क्रियाकलापमा संलग्न पाइएको भन्दै महानगरीय अपराध महाशाखा टेकुको टोलीले हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनीसँगै सोही पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विक पनि पक्राउ परेका छन्। उनीहरू अहिले महाशाखाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुवै जनामाथि केही दिन अनुसन्धान गरिने महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।

उनका अनुसार प्रतिबन्धित पार्टीले कुनै कार्यक्रम वा नाराजुलस गर्न पाउँदैन। त्यस्तो गरेको पाएमा प्रहरीले पक्राउ गरी कारबाही गर्छ। यसअघि सो पार्टीका कैयौं कार्यकर्ता पक्राउ परेका थिए। ‘गैरकानुनी गतिविधिमा संलग्न भएको सूचना प्राप्त भएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘दुवैजनामाथि केही दिन अनुसन्धान हुनेछ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ