रुपन्देहीमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीन पक्राउ

2020-02-18

बुटवल - रुपन्देहीको मर्चवारमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । आइतबार राति ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

सम्मरीमाई गाउँपालिका–३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरमा रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन भवनमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबार इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर पीडितका आफन्तले जाहेरी दिएका छन् ।

जाहेरी परेलगत्तै प्रहरीले बलात्कारमा संग्लन तीन युवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका युवाहरू तीनै जना २२ देखि २३ वर्ष उमेर समूहका छन् । घटनाको बारेमा अनुसन्धान गरेपछि थप जानकारी दिइने प्रहरीले जनाएको छ ।

किशोरीको भैरहवास्थित भीम अस्पतालमा उपचार भएको छ । किशोरीका बुबा र आमा दुवै जना उपचारका क्रममा भारतको मुम्बईमा छन् । उनको बुबा बिरामी छन् । उनी शारीरिक रूपमा अस्वस्थ हजुरबुबा, एक बहिनी र भाइसँगै बस्दै आएकी छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ