कश्मीर क्षेत्रबारे अभिव्यक्ति दिने बेलायती सांसदलाई भारत प्रवेशमा रोक !

2020-02-18

नयाँदिल्ली - बेलायती सांसदलाई भारतीय अधिकारीले भिजा अनुमति दिएका छैनन् । विवादित कश्मीर क्षेत्रबारे संसदहरुको समूहको नेतृत्व गर्दैआएकी बेलायती सांसद डेबी अब्राहम्सलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै यहाँका अधिकारीले रोकिदिएका हुन् ।

डेबी बेलायतको लेबर पार्टीको तर्फबाट सांसद हुन् । जो भारतमा आफ्नो परिवारलाई पनि भेट्ने योजनामा थिइन् । डेबी यही सोमबार दुबइबाट नयाँदिल्ली आइपुगेकी थिइन् । विमानस्थलमा अधिकारीले उनको ‘डकुमेन्ट’ हेरेपछि टाउको हल्लाउँदै उनलाई भारतमा बस्‍न नदिएका हुन् ।

अब्राहम्सले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएकी छन् । विमानस्थलमै अधिकारीले उनलाई भिजा अस्वीकृत भएको जानकारी गराउँदै डेस्क छाडेको बताइन् । ‘जब उनी आए, उनी असाध्यै रुखो र रिसाहा देखिएका थिए,’ डेबीले भनेकी छन् । त्यसपछि उनले आफ्नो आफन्तलाई बोलाइन् । जसले बेलायती उच्च आयुक्तलाई सहयोगको लागि आग्रह गरेको बताइएको छ ।
‘प्रष्ट कुरा के भने, मेरा भारतीय आफन्त छन् । जोसँग मैले भेट्ने कुरा थियो । र भारतीय कर्मचारीले मलाई साथ दिनेथिए,’ अब्राहम्सले ट्वीटरमा लेखेकी छन् ।

‘सबैका लागि न्याय र मानवअधिकारका लागि नै म राजनीतिमा प्रवेश गरेकी हुँ । म आफ्नै सरकार र अन्यसँग यी मुद्दालाई लिएर निरन्तर चुनौती दिनेछु,’ उनले लेखेकी छन् । भारतको विदेश मन्त्रालयका प्रवक्ताले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । बेलायती सांसद डेबी भारत प्रशासित कश्मीरको पक्षमा बोल्दैआएकी छन् । साथै भारत सरकारले संविधानबाट धारा ३७० हटाएकोमा आलोचना गर्दैआएकी थिइन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ