महरालाई सफाई दिँदा अदालतले टेकेका आधार : पीडितको इन्कारी बयान र औंठा छाप

2020-02-18

काठमाडौ - संसद सचिवालयमा कार्यरत रहेकी महिला कर्मचारीमाथि बलत्कारको प्रयासको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाई दिन जिल्ला अदालतले २ वटा आधारलाई टेकेको छ।

न्यायाधीश अम्बरराज पौडेलको इजलाशले आइतवार सुनुवाई समाप्त भएको जबरजस्ती करणी मुद्दामा सोमबार फैसला सुनाउँदै मुख्य पीडित भनिएकी महिला कर्मचारीको अदालतमा गरेको बकपत्र र फरेन्सिक ल्याबको रिपोर्टलाई सफाईको मुख्य लिएको छ।

पहिलो आधार : दुवैको इन्कारी बयान
जिल्ला अदालतले महरालाई सफाई दिन उनीहरुले अदालतमा गरेको बयानलाई आधार बनायो। जिल्ला अदालतले अदालतमा आरोपित महरा र पीडित जाहेरीवालाले दिएको बयानमा दोषी ठहर गर्ने आधार नभेटिएको भनेको छ।

अदालतमा महराले जाहेरकर्ताको कोठा भित्र नछिरेको तर गएको स्वीकार गरेका छन्। उनीसँग कुनै त्यस्तो सम्बन्ध नभएको दाबी महराले गरेका थिए।

जाहेरीवाला महिलाले गरेको वकपत्रमा महरा कोठामा नआएकाले कुनै, कुटपिट नगरेको भनेकी थिइन्। सुरुमा महराले आफूमाथि दुर्व्यवहार गरेर बलात्कारको प्रयास गरेको आरोप लगाएकी जाहेरकर्ताले अदालतमा पुगेर यस्तो बकपत्र गरेकी थिइन्।

दोस्रो आधार : औठा छाप
जिल्ला अदालतले महरालाई सफाई दिन लिएको दोस्रो आधार हो गिलास र चस्मामा भएको औठा छापको नमूना परीक्षण। दुवै वस्तुको फरेन्सिक ल्याब परिक्षणमा महरासँग मिल्ने नदेखिएको जिल्लाको फैसलामा उल्लेख छ। तर यसअघि महराकै चस्मा र जुत्ताको तलुवा भएको दाबी जाहेरकर्ताले गरेकी थिइन्।

तर उक्त कुरा उनले अदालतमा बकपत्र गर्ने क्रममा फेरेकी थिइन्। जाहेरकर्ताले बयान फेरेपछि अदालतले सफाइ दिनका लागि त्यही आधारमा टेकेको देखिन्छ। जिल्ला अदालतले फैसला गर्दा टेकेका आधारहरु पुर्पक्षका लागि थुनामा पठाउने समयमा पनि हेरेको थियो।

तर तत्कालीन समयमा रोशनीको दाबीलाई अदालतले मान्यता दिन अस्वीकार गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ