अमेरिकी आइडलमा नेपालका दिवेश, प्रसंशा गर्दै जजले यस्तो ट्वीट गरे !

2020-02-17

काठमाडौं - पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली युवा दिवेश पोखरेल अमेरिकी सिङगिङ रियालिटी शो ‘अमेरिकी आइडल’ को १८औं सिजनका लागि छनौट भए। आइडलको अडिसन राउण्डमा सहभागी भएका उनले दोस्रो चरणमा छनौट भइसके।

छनौट चरणमा नेपालको काठमाडौंबाट आएको भन्दै २ गीत गाएका उनको प्रस्तुतिबारे जजहरुले जस्तो प्रतिक्रिया देखाए त्यसले अमेरिकी आइडलमा थप अगाडि बढ्नसक्ने देखायो । अर्थर गन उपनाम राखेका उनको प्रस्तुतिपछि जज केटी पेरी, लुका ब्रायन र र लियोनल रिचीले टुइटनै गरेर उनको प्रशंसा गरेका छन्।

तीनै जनाले उनी प्रतिभावान कलाकार भएको भन्दै प्रशंसा मात्रै गरेका छैनन् उनको आवाज कानमा अझै गुञ्जिरहेको प्रतिक्रिया दिएका छन्।

उनले कार्यक्रमको परिचय दिँदै आफू नेपालको काठमाडौं जन्मेको, नेपाल निकै सुन्दर देश भएको, हिमाल र पहाडहरुमा घुम्न पाइने देश भनेर परिचय दिएका छन्। स्टेजमा जाँदा नमस्ते गर्दै गएका उनलाई अमेरिकी गायिका तथा कार्यक्रमकी जज केटी पेरीले नमस्कार फर्काएर अभिवादन गरेकी थिइन्।

नेपालमै रहँदा पनि गीत गाइरहने उनको युट्युब च्यानलमा नेपाली गीतहरु अपलोड गरेका छन्। साउन्ड क्लाउडमा उनले बब मार्ली, बब डेनियललगायतका गायकका गीतको कभरहरु अपलोड गरेका छन्।

सानैमा हजुरआमाले गितार उपहार दिएपछि गीत गाउन थालेको बताउँदै उनले आफू कार्यक्रममा छानिएकोमा खुसी व्यक्त गर्दै १० प्रतिशत नर्भस रहेको तर ९० प्रतिशत आत्मबल रहेको बताएका थिए।

पहिलाे गीत गाउँदा आँखा चिम्लेर गाएका उनलाई दाेस्राे गीत गाउन आग्रह गर्दै गायिका पेरीले जजहरुलाई हेरेर गीत गाउन भने र उनले त्यसै गरे।

जब उनको गीत सक्कियो तीनै जना जजले खुसीले ताली बजाए।




थप समाचार


जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । कुमार लामा योञ्जनको संगीत तथा स्वर रहेको गीतको शब्द प्रकाश ...

पोखरामा गुरुङ चलचित्र 'फिच्यो' को 'उत्साहजनक ओपनिङ्ग', दर्शकले हल खचाखच !

पोखरामा गुरुङ चलचित्र 'फिच्यो' को 'उत्साहजनक ओपनिङ्ग', दर्शकले हल खचाखच !

पोखरा - बिकास गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र 'फिच्यो' अर्थात 'कान्छी छोरी'को पोखरामा 'ग्र्याण्ड ओपनिङ्ग' भएको छ । पोखराको बाराही चलचित्र मन्दिरमा गरिएको 'ओपनिङ्ग सो' मा ...

गुरुङ चलचित्र ''फिच्यो''को ट्रेलर सार्वजनिक, पहिलो 'सो' चैत्र १ गते पोखरामा !

गुरुङ चलचित्र ''फिच्यो''को ट्रेलर सार्वजनिक, पहिलो 'सो' चैत्र १ गते पोखरामा !

काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को ट्रेलर सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय ...





ट्रेन्डिङ