कोरोना संक्रमणले एकै दिन १ सय ५ जनाको मृत्यु, २ हजार ४८ जना सङ्क्रमित थपिए !

2020-02-17

एजेन्सी - कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपि, यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ ।

गत डिसेम्बरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि एक हजार ७७७ जनाको ज्यान गएको छ ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरुले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरुले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करिब ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । -एपी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ