खरिपाटी क्वारेन्टाइन वरपरका केही स्थानीयले घर छाडे

2020-02-17

भक्तपुर - चीनको वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीमा राखिएपछि आइतबार केही स्थानीयले घर छाडेका छन्। क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुको चहलपहल बाहिरैबाट देखिने हुँदा त्यसले जोखिम निम्त्याउने आशंका गर्दै केहीले घर छाडेका हुन्।

डेरामा बस्दै आएका केही परिवार भने ढोकामा ताल्चा नै ठोकेर आफ्नो घर गएका छन्। त्यहाँका स्थानीय प्रकाश लामिछानले कम्तिमा ५० जना मान्छेले खरिपाटी छोडेको दाबी गरे।

आफूले पनि श्रीमती र बच्चालाई ससुराली पठाएको उनले बताए। ‘मलाई त थाहा छ नि त्यस्तो हुन्न भनेर तर उनीहरु त्रासले रुन्छन्। त्यसपछि मलाई पनि भोलि केही पो हुने हो कि भन्ने लाग्यो,’ लामिछानेले भने।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले कसैसँग टाढाबाट आँखा जुध्दैमा अथवा कसैलाई पर हिँडडुल गरेको देख्दैमा संक्रमण नसर्ने बताए।

‘पहिलो कुरा त स्थानीयले उहाँहरु संक्रमित होइनन् भनेर बुझ्नुपर्छ। अर्को कुरा उहाँहरु छतमा हिँडडुल गर्दैमा, कोठाको झ्याल खुल्ला हुँदैमा त्यसको संक्रमण सर्ने भन्ने हुँदैन। त्यसैले स्थानीयले ढुक्क भए हुन्छ,’ पुनले भने।

उनले मानिसहरुमा मनोत्रास हुँदा त्यस्तो भएको हुनसक्ने बताए।

सरकारले वुहानमा रहेका १७५ जना नेपालीलाई उद्दार गरी आइतबार खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिमकेन्द्रमा राखेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ