इराकको अमेरिकी दूतावासनजिकै फेरी रकेट हमला

2020-02-16

एजेन्सी - इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासनजिकै रकेट हमला भएको छ। आक्रमणपछि दूतावास परिसरमा सुरक्षा अलार्म बजेको थियो।

इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह हरकत अल–नुजाबाले शनिबार अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिँदै उल्टो गन्ती सुरु भएको भोलिपल्टै यो आक्रमण भएको हो। तर कति रकेट प्रहार गरिएको थियो भन्नेबारेमा पनि स्पष्ट भएको छैन।

आक्रमणका बेला ग्रीन जोननजिकै एउटा विमान घुमिरहेको प्रत्यक्षदर्शीले बताएका छन्। निकै सुरक्षित मानिने यो क्षेत्रमा विभिन्न मुलुकका दूतावास छन्।

गत अक्टोबरयता यहाँ भएको यो १९ औं आक्रमण हो। आक्रमणबाट इराकमा तैनाथ ५२०० अमेरिकी सैनिकलाई निशाना बनाइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ