वुहानबाट ल्याइएका नेपाली खरिपाटीमा, समस्या देखिए टेकु वा पाटन लगिने !

2020-02-16

काठमाडाैं - चीनको वुहानबाट उद्दार गरेर ल्याइएका १७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ। क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएकाे छ।

विमानस्थलमा परीक्षणका क्रममा सबैको स्वास्थ्य राम्रो देखिएको हाे। तर, क्वारेन्टाइनमा सबैको हरेक दिन दुईपटक ज्वरो नाप्ने काम हुनेछ। यसका लागि क्वारेन्टाइनमा हरेकका लागि छुट्टाछुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ। उक्त थर्मोमिटरको माध्यमबाट उनीहरुले शरीरको तापक्रम जाँच गरि तोकिएको ढाँचामा अभिलेख गर्नुपर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको र्‍याल)को नमुना झिकेर प्रयोगशालामा पठाउने छ। यसका साथै १४ औं दिनमा पनि र्‍यालको नमुना परीक्षण हुने छ।

क्वारेन्टाइनमा रहँदा अरु के–के छन् स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था?

- क्वारेन्टाईनमा लगभग ६० कोठामा उचित दुरीकाे फरकमा एक जनादेखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ।

- क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, संक्रमण रोकथाम तथा नियन्त्रणको सबै व्यवस्थापन गरिएकोछ।

- स्वास्थ्य टोलीआवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन।

- विशेष स्वास्थ्य जाँचका लागि क्लिनिकको व्यवस्था गरिनेछ।

- व्यक्ति स्वयंले जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्ध छन्।

- हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन्।

- अन्य जाँच गर्ने सरसामग्री जस्तै, इन्फ्रारेड थर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्न ईमरजेन्सी फोन नम्बरआदिको उचित व्यवस्था गरिएकोछ।

- आवस्यकताअनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्श दिने व्यवस्था गरिएको छ। आफूलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुपर्छ।

- आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध गराईनेछन्।

- नियमीत सेवन गरिरहेको औषधि सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुपर्छ, तुरुन्तै उपलब्ध गराईनेछ।

- सबैको प्रारम्भीक थ्रोट स्वाब जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।

- क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।

- क्वारेन्टाईनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन।

-दिईएको हरेक नियमहरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ