ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई, को को बने विधागत उत्कृष्ट?

2020-02-16

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि पहिलो पटक मछिन्द्र क्लबले जितेको छ। दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मनाङलाई १–० गोलले पराजित गर्दै मछिन्द्र क्लबले पहिलो पटक लिगको उपाधि चुमेको हो। विजेता बनेको मछिन्द्रले ट्रफिसँगै ५० लाख नगद जितेको छ। यता, उपविजेतामा चित्त बुझाएको आर्मीले ३५ लाख पाएको छ।

तेस्रो स्थान हाशिल गर्न सफल मनाङ मस्र्याङ्दी क्लबले २५ लाख नगद पाउँदा चौथो टिम बनेको थ्रीस्टारले १५ लाख र पाँचौ हुन सफल पुलिस क्लबले ७ लाख नगद पाएको छ।

लिगको विधागत उत्कृष्ट गोलकिपरमा मनाङका दीप कार्की भए। त्यस्तै, उत्कृष्ट डिफेन्डरमा थ्रीस्टारका अनन्त तामाङ, उत्कृष्ट मिडफिल्डरमा मछिन्द्र क्लबका विशाल राई र उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास भए। त्यस्तै, उत्कृष्ट प्रशिक्षक मछिन्द्र क्लबका प्रवेश कटुवाल चुनिए। विधागत उत्कृष्ट हुने खेलाडीले समान एक लाख ५० हजार नगद पाए।

त्यस्तै, उत्कृष्ट युवा खेलाडीको अवार्ड न्यु रोड टिम (एनआरटी) क्लबका दर्शन गुरुङ चुनिए। उनले एक लाख नगद प्राप्त गरे।

आत्मघाती गोलको हार

मछिन्द्र क्लबसँग पराजित हुँदै उपाधि जित्ने आर्मीको लक्ष्य तुहियो। लिग जित्ने प्रवल सम्भावना रहेपनि आर्मीले सुनौलो अवसर गुमाउँदै उपविजेता मै चित्त बुझाएको हो। उपाधिका लागि आर्मीले मछिन्द्र क्लबसँग बराबरी खेलेको भएपनि पुग्ने थियो। तर आफ्नै खेलाडीको आत्मघाती गोल उसका लागि महंगो सावित भयो।

खेलको ३३औं मिनेटमा आर्मीका खेलाडीले रेजिन सुब्बालाई फोउल गरेपछि मछिन्द्र क्लबले फ्रिकिक पायो। मछिन्द्रका लागि रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे। योसँगै मछिन्द्र १–० गोलले अघि रहेको थियो।

विकास तामाङले क्लियर गर्न नसकेपछि बललाई बचाउने क्रममा पोलमा ठोकिएर आर्मीका गोलकिपर विकेश कुथु भने गम्भिर घाइते हुँदै मैदानबाट बाहिरिए। उनको स्थानमा बिवस चौधरीले गोल किपरको जिम्मा पाएका थिए।

खेलको ६०औं मिनेटमा विशाल राईको पासमा देवेन्द्र तामाङले गोल गर्न सकेनन्। डिबक्सभित्र वान भर्सेस वानको अवस्थामा देवेन्द्रले प्रहार गरेको बल आर्मीका गोल किपर बिवस चौधरीले उत्कृष्ट बचाउ गरे। योसँगै मछिन्द्रले २–० गोलको अग्रता लिनबाट चुक्यो।

खेलको अतिरिक्त समयमा आर्मीले कर्नरबाट गोल गर्ने राम्रो अवसर पाएको थियो। तर बाधक विशाल राई बने। विशालले गोल लाइनबाट हेड गर्दै मछिन्द्रलाई बचाए।

मछिन्द्रले १३ खेलबाट १० खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोर्दै ३१ अंक बनाएर लिग जितेको हो। उपविजेता आर्मीले भने १३ खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको आर्मी २९ अंक बनाएर उपविजेता बन्यो।

जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले यो उपलब्धि बयान गर्न नसक्ने बताए। उनले भने, ‘प्रशिक्षक भएपछि पाएको यो नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो। आर्मी बलियो टिम भएपनि हाम्रो टिम वर्कले गर्दा जित्न सफल भयौं।’

यता, आर्मीका कप्तान भरत खवास भने आफू धेरै दुःखी रहेको बताएका छन्। उनले भने, ‘मलाई लिग जिताउने जिम्मेवारी थियो। त्यो पूरा गर्न सकिन। एकदमै दुःखी छु। हाम्रो अरु खेलमा जस्तो प्रदर्शन थियो त्यो आज हुन सकेन। त्यसैले हार्न पुग्यौं।’

मनाङ मस्र्याङ्दी क्लब लिगको तेस्रो हुँदा उसले १३ खेलबाट ८ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हारसहित २८ अंक जोड्यो। लिगको चौथो स्थानमा भने थ्रीस्टार रह्यो। उसले १३ खेलबाट ८ खेमा जित, २ खेलमा बराबरी र ३ खेलमा हार ब्यहोर्दै २६ अंक बनायो। यता, पुलिसले भने १३ खेलबाट २० अंक बनायो।

ए डिभिजन लिगबाट सरस्वती युथ क्लब भने रेलिगेसन हुँदै बि डिभिजनमा घटुवा भएको छ। उसले १३ खेलबाट १ खेलमा जित, १ खेलमा बराबरी र ११ खेलमा हारसहित ४ अंक बनाउन सफल भयो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ