2020-02-14 |
विराटनगर - असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ। विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो।
सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखी जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नुपरेको जनाएका छन्। शान्ति सुरक्षाको प्रत्याभूति नगरिएसम्म सेवा बन्द गर्ने उनीहरुले जानकारी दिएका छन्।
जेटबोट (पानीजहाज)मा करोडौँको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवद्र्धनमा सेवा दिएको र स्थानीयलाई आवागमनमा सहज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सञ्चालक राजेन्द्र कार्कीले सप्तकोशीमा नदीमा तीन सिटका तीन, आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज सञ्चालन हुँदै आएकाे जानकारी दिए। एक यात्रु बराबर रु पाँच लाखको दुर्घटना बीमा रहेको छ।
बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालि गरी सात पानीजहाज सञ्चालन हुँदै आएको छ। पानीजहाजबाट सुनसरीको चतराबाट भोजपुरको सीमाना सिम्मेसम्म सञ्चालन हुँदै आएको थियो। रासस
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र ...
काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्वान भएको बोलपत्र रद्द भएको छ। प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का ...
काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी ...