उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको पनि उम्मेदवारी घोषणा

2020-02-14

काठमाडौं - आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। महासंघका भावी अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई साथमा राखेर प्रधानले उम्मेदवारीको घोषणा गरेका हुन्।

प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारीको घोषणा गरेसँगै अर्का उम्मेद्वार चन्द्र ढकालको सर्वसम्मत हुने बाटोमा धक्का लागेको छ। ढकालले बाग्लुङ लगानी सम्मेलनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए।

प्रधानको उम्मेदवारीसँगै महासंघको चुनावी सरगर्मी बढेको छ। प्रधानको उम्मेदवारी घोषणासभामा गोल्छासहित निर्वतमान अध्यक्ष पशुपति मरारका, पूर्वअध्यक्ष कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठसमेत सहभागी भएका छन्।

उनीहरु प्रधानको समर्थनमा खुलेर लाग्ने दृष्य विराटनगरमा देखिएको छ। अघिल्लो पटक प्रधानलाई वरिष्ठ उपाध्यक्षमा गोल्छाले हराएका थिए।

महासंघको विधानअनुसार आगामी चैतमा हुने साधारणसभापछि गोल्छा अध्यक्ष बन्ने छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ