सिन्धुपाल्चोकमा कोरोनासंग मिल्दोजुल्दो २ सय बढी विरामी, विशेषज्ञ टोली जाँदै

2020-02-12

काठमाडौँ - सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा कोरोना संक्रमणको लक्षणसंग मिल्दोजुल्दो एकैपटक धेरै स्थानीय विरामी भेटीएपछि त्रास फैलिएको छ ।

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार मङ्गलबार बेलुकासम्म २०१ जना विरामी परेका छन् । ती मध्ये १० जनाको स्वास्थ्यमा बुधबार विहानदेखि केही सुधार आएको उपाध्यक्ष तामाङले जानकारी दिइन् । विरामी परेकाहरुमा कोरोनाभाइरसको लक्षणसँग मेल खाने सङ्केत देखिएकोले त्यहाँ त्रास फैलिएको उपाध्यक्ष तामाङले बताइन् ।

उनका अनुसार उक्त वडामा मङ्गलबारै स्थानीय स्वास्थ्य चौकीबाट चिकित्सकहरुको टोली पुगेको र बुधबार जिल्ला जनस्वास्थ्य कार्यलयबाट थप चिकित्सकहरुको टोली पुग्दैछ । माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र २८ गतेसम्म पुग्दा त्यो संख्या बढेर २ सय नाघेको स्थानीयले बताएका छन् । सर्वसाधारणहरु ठूलो संख्यामा एकै किसिमको लक्षणसहित विरामी परेपछि जुगल गाउँपालिकाले मंगलबार एक जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेख्दै विशेषज्ञहरुको टोली पठाइदिन आग्रह गरेको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर विकले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नम्बर ३ साविक गुम्वा गाविस वडा नम्बर ८ गुम्वा वस्तिमा मिति माघ २७,देखि हाल विश्वमा फैलिरहेको नोवल कोरना भाइरसको लक्षणसँग मिल्ने रुघा खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका विरामीहरु देखा परेको हुँदा सो को परीक्षणका गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।’

अत्यन्त जरुरी पत्रको वोधार्थ समाजिक विकास मन्त्रालय वागमति प्रदेश हेटौडा, जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलाई लेखिएको छ । स्थानीय विरामी परेको खवर सुन्नासाथ उपलव्ध स्वास्थ्यकर्मी र औषधी पठाएपनि परीक्षण गर्ने पर्याप्त स्रोत साधन अभाव भएकाले समस्या भएको गाउँपालिकाले जनाएको छ ।

वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले धेरै मानिस एकैपटक विरामी भएपनि कोरोनाभाइरसको हो होइन भन्ने पुष्टि भैनसकेको जानकारी दिए ।

‘आज विशेषज्ञहरुको टोली घटनास्थल जाँदैछ । टोलीले परीक्षण गरेपछि मात्रै के हो भन्ने खुल्छ । तर केही मानिसमा सुधार आएकाले कोरोना नहुनपनि सक्छ भन्ने अनुमान पनि गरिएको छ’, मन्त्री नेपालले भने, ‘औषधीसहितको विशेषज्ञ टोलीले जाँच गरेपछिमात्रै सबै कुरा थाहा हुन्छ ।’

अत्यन्त जरुरी पत्रको वोधार्थ समाजिक विकास मन्त्रालय वागमति प्रदेश हेटौडा, जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलाई लेखिएको छ ।   स्थानीय विरामी परेको खवर सुन्नासाथ उपलव्ध स्वास्थ्यकर्मी र औषधी पठाएपनि परीक्षण गर्ने पर्याप्त स्रोत साधन अभाव भएकाले समस्या भएको गाउँपालिकाले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ