दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले जित्यो यो वर्षको 'ओस्कार'

2020-02-11

एजेन्सी - दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यसवर्षको ओस्कारमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ।

कुनै पनि गैरअंग्रेजी फिल्मले ओस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो। २ भिन्न वर्गका २ परिवारको कथामा आधारित यो फिल्मलाई बोङ जुन होले निर्देशन गरेका हुन्। फिल्मका निर्माता क्वाक सिन आइले पुरस्कार लिएपछि भने, ‘म शब्दविहीन भएको छु, हामीले यस्तो हुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं, यस क्षणलाई म इतिहासकै विशेष अवसरको रुपमा महसुस गरेको छु।’

यस वर्षको ओस्कारमा प्यारासाइटले उत्कृष्ट फिल्मसहित ४ विधा हात पारेको छ। प्यारासाइटका निर्देशक बोङ जुन हो उत्कृष्ट निर्देशक बन्न सफल भएका छन् भने प्यारासाइटले ओरिजनल स्क्रीनप्ले अवार्ड पनि जितेको छ।

यसैगरी ‘जुडी’ फिल्मबाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्री र ‘जोकर’ फिल्मबाट जोकिन फोनिक्सले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन्।

ब्राड पिटले ‘वान्स अपन अ टाइम इन हलिउड’बाट र लाउरा डर्नले ‘म्यारिज स्टोरी’बाट उत्कृष्ट सहअभिनेता तथा सहअभिनेत्रीको पुरस्कार जितेका छन्। यस वर्ष ‘सर साम मेन्डेज १९१७’ले ३ विधामा ओस्कार जितेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ