संसदमा कांग्रेसको प्रश्न : एउटै गल्तीमा कसैलाई मुद्दा, कसैलाई उन्मुक्ति किन ?

2020-02-11

काठमाडौ - केही समयदेखि जारी संसद अवरोध खोल्दै प्रतिपक्षी नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधका आधारमा चलाएको मुद्दाका बारेमा सरकारको ध्यानाकर्षण गराउन माग गरेको छ।

काँग्रेसकी सचेतक पुष्पा भुसालले संसद सुरु भएलगत्तै बोल्दै अख्तियार सरकारको छायाँ भएको आरोप लगाइन्। अख्तियारले आफ्ना उपसभापति विजयकुमार गच्छदारमाथि लगाएको मुद्दाका पक्षमा सूचना तथा सञ्चारमन्त्री एवं प्रवक्ता गोकुल बाँस्कोटाले बचाउ गर्नुले सरकारकै इशारामा मुद्दा दायर भएको आरोप लगाइन्।

‘अख्तियारले गरेको कामको विषयमा सरकारले बचाउ गर्नु प्रतिशोधका आधारमा संवैधानिक निकायले काम गरेको प्रष्ट भएको छ’ भुसालले भनिन् ‘जनताको ऐनाका रुपमा रहेको यो संसदमा हामीले यसमा सरकारको ध्यानार्कषण गराउन तीन दिन अवरुद्ध गरेका हौं।’ सरकाले किन अखितयारको निर्णय बचाउ गर्ने अवस्था आयो भन्नेबारेमा संसदमा जवाफ पाउनुपर्ने माग उनले गरिन् ।

कांग्रेस सधै शक्ति पृथकीकरणमाथि विश्वास गर्ने भन्दै उनले मुद्दा अदालतमा गएको विषय सभामुखबाट आएको कुरा स्वीकार गर्दै संसदको अवरोध खोल्ने निर्णय गरेको बताइन्।

‘काग्रेस शक्ति पृथकीकरण मान्दछ, यो मुद्दा अदालत प्रवेश गरेको छ। हामी सबै तटस्थतामा विश्वास गर्दछौ ’ उनले भनिन्, ‘राजद्रोहको मुद्दा लाग्दा पनि विपी कोइरालाले नेपालभित्र आएर देशमै मुद्दा लड्नु भएको थियो । त्यसैले हामी न्यायपालिकामाथि अविश्वास गर्दैनौ तर संवैधानिक अङ्गले राजनीतिक प्रतिशोध साँधेर निर्णय गर्छ भने हामी त्यस्ता अंगलाई नजिकबाट नियालेर बसेका छाैं।’

‘राजनीतिक प्रतिशोधका कारण कसैलाई मुद्दा दायर गर्ने, तर कसैलाई जग्गा फिर्ता गरेको आधारमा तथा कसैलाई मन्त्रिपरिषदको निर्णय भनेर मुद्दा नचलाउने निर्णय किन भयो?’ भन्दै भुसालले यसको जवाफ संसदमा पाउनुपर्ने माग गरिन्।

‘ललिता निवासको जग्गा भौतिक पुर्वाधार मन्त्रालयवाट प्रस्ताव आएको भए पनि त्यसमा मन्त्रीमात्र होइन मुख्यसचिव र प्रधानमन्त्री पनि संलग्न हुनुहुन्थ्यो’ उनले भनिन् ‘प्रतिपक्षको यो गम्भीर आपत्ति हो। यो संवैधानिक निकायसम्म पुगोस् भनेर अवरोध गरेका हौं, संवैधानिक अङ्ग सरकारको प्रभावमा परेर कुनै निर्णय गर्न मिल्दैन।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ