अख्तियार प्रमुख नवीन घिमिरेमाथि महाअभियोग लगाउन सांसदको माग

2020-02-11

काठमाडौं - ललिता निवासको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेलाई महाअभियोग लगाउन सांसदले माग गरेका छिन् । राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरिले उक्त प्रकरणको मुद्दामा अख्तियारले गल्ति गरेको बताउँदै महाअभियोगको माग गरेकी हुन्। 'अख्तियारका प्रमुखमाथि महाअभियोग प्रस्ताव दर्ता गरौं', उनले भनिन्।

न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाइएको प्रति उनले आपत्ति जनाइन् । उनीहरुले जग्गा फिर्ता गर्नुको अर्थ अपराध स्वीकार गरेको रुपमा बुझ्नुपर्ने उनकाे भनाइ छ।

उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नुको सट्टा महाअभियोग लगाउनेतर्फ सोच्नुपर्ने समेत बताइन्। संसद अवरुद्ध पार्नु गलत रहेको बताउँदै उनले विकल्प नखोजेको प्रति आपत्ति जनाइन्। ‘प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक लेनदेनका लागि संसद अवरुद्ध गर्‍यो । जुन सही भएन । अवरोध हटाउने तरिका पनि ठिक भएन,’ उनको आरोप छ । यसरी अवरोध गर्दा संसदप्रति विश्वास घटिरहेको उनले बताइन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ