लागुऔषध मुद्दामा गुन्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद हुने फैसला

2020-02-11

काठमाडौं - गुण्डा नाइके सुजन पाैडेल (रमेश बाहुन) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ। न्यायाधीश नवराज दाहालको इजलाशले २०७१ साल साउन १४ गते उनीविरुद्ध दायर लागुऔषध मुद्दाको अभियोग सदर गर्दै सजाय ताेकेका हुन्। उनी पाँच वर्षदेखि पूर्पक्षका लागि कारागारमै छन्।

२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। प्रहरीले कल‌ंकीको खसी बजार छेउँमा हिडिरहेको बेला उनलाई नियन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्ताोल बरामद भएको दावी गरेको थियो।

काठमाडौं उपत्यकामा गुण्डागर्दी मार्फत अबैध रकम असुलीमा स‌ंलग्न उनी लागुऔषध काराेवारमा समेत संलग्न रहेको प्रहरीको दावी थियो। साेही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ (२)अनुसार मुद्दा दायर गरिएको थियो।

बाहुन–एमाले कनेक्सन
नेपाली सेनाको जागिर छाडेर आपराधिक गतिविधिमा लागेका उनलाई हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै टीका लगाएर तत्कालीन एमालेमा प्रवेश गराएका थिए। त्यो बेला बाहुन प्रहरीको माेस्ट वान्टेड सूचीमा थिए।

ललितपुरमा मिनकृष्ण महर्जनमाथि गोली प्रहार भएपछि अनुसन्धानका क्रममा ललितपुरको सडक ठेक्काको विवादमा बाहुनको योजनामा श्रेष्ठमाथि गाेली प्रहार भएको खुलेपछि उनी भागेर भारत पुगेका थिए।

झन्डै इन्काउन्टर
२०७१ सालमै रमेश बाहुन उर्फ सुजन पौडेलको इन्काउन्टर गर्न खोजिएको थियो। त्यसलगत्तै दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर भएको थियो।

भारतमा लुकेर बसेका उनलाई प्रहरीले 'सफाया' को योजना बनाएको थियो। उनी पक्राउ परेको बेला तत्कालीन एमालेको केन्द्रीय अधिवेशन चलेकाले उनको ज्यान जाेगिएको थियो। उनलाई भारतबाट ल्याएको १२ दिनपछि मात्र प्रहरीले सार्वजनिक गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ