कोरोना भाइरसको खोप बनाउन वैज्ञानिकहरु सक्रिय

2020-02-10

सिंगापुर - संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरु चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भाइरसबाट ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन्। दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन्।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरुमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ। तर विशेषज्ञहरुका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समर्थन प्रान्त हुने विश्वास छ। अष्ट्रेलियाली वैज्ञानिकहरु ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन्।

'अहिले साँच्चिकै दबाबको स्थिति छ, र हाम्रो काँधमा ठूलो जिम्मेवारी छ,' अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका एक जना वरिष्ठ अनुसन्धानकर्ता किथ च्यापेलले भने। तर उनले विश्वका धेरै टोलीहरु एउटै अभियानमा जुटिसकेकाले आफूलाई खुशी लागेको बताए। 'आशा छ, यीमध्ये कुनै न कुनै एक सफल हुनेछ र यो प्रकोप साम्य हुनेछ,' उनले भने।

तर ६ महिनाको समयावधि पनि कोरोनाको सङ्क्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिएको छ। जङ्गली जनावरहरु बेचबिखन गर्ने बजारबाट फैलिएको आशंका गरिएको कोरोना भाइरसका कारण चीनको मुख्य भूमिमा दैनिक १०० जनाको ज्यान गइरहेको छ।

पश्चिम अफ्रिकामा करिब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउनका लागि सन् २०१७ मा गठन भएको 'कोएलिसन फर इपिडेमिक प्रिपर्डनेस इनोभेसन्स' (सेपी) पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ। निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि यस संस्थाले वित्तीय सहायता जुटाउँछ।

खोपको विकासको गति बढाउने लक्ष्यसहित सेपीले विश्वभरि चारवटा परियोजनामा करोडौं अमेरिकी डलर लगानी गरिसकेको छ र थप प्रस्तावका लागि आह्वान गरिरहेको छ। यी परियोजनाहरुबाट नयाँ प्रविधि प्रयोग गरी निर्माण गरिने खोपहरू निकट भविष्यमा परीक्षण गर्न सकिने विश्वास लिइएको छ। सेपीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड ह्यासेटले १६ हप्ताभित्रै खोपको क्लिनिकल परीक्षण सुरु गर्ने लक्ष्य राखिएको बताए।

जर्मन बायोफर्मास्युटिकल कम्पनी क्युरभ्याक र अमेरिकी मोडर्ना थेराप्यूटिक्सले “मेसेन्जर–आरएनए” (प्रोटिन उत्पादन गर्न शरीरलाई निर्देशन दिने औषधि)मा आधारित खोपहरु विकास गर्दैछन्। अर्को अमेरिकी कम्पनी इनोभियोले डीएनए–आधारित प्रविधि प्रयोग गरिरहेको छ।

सिंगापुरस्थित ड्युक–एनयुएस मेडिकल स्कुलका सङ्क्रामक रोगसम्बन्धी कार्यक्रमका उपनिर्देशक ओई इङका अनुसार डीएनए र आरएनए–आधारित भ्याक्सिन (खोप)हरुले भाइरसको आनुवांशिक पक्षलाई ध्यानमा राखेर त्यसलाई नियन्त्रणमा ल्याउँछ। प्रोटिनयुक्त खोपले शरीरको प्रतिरोधक प्रणालीलाई मजबूत बनाउने र त्यसले कोरोना भाइरसलाई पत्ता लगाउन र त्यस विरुद्ध आक्रमण गर्न सक्षम हुन्छ।

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले विश्वविद्यालयका वैज्ञानिकले आविश्कार गरेको “मोलिकुलर क्लाम्प” प्रविधि प्रयोग गरिरहेका छन्। यस प्रविधिबाट डीएनए विधि अनुशरण गरी खोप निर्माण गरिन्छ। पाश्चर इन्स्टिच्यूटका फ्रान्सेली वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्ध काम गर्न दादुरा खोपलाई परिमार्जन गर्दैछन् तर यो २० महिनायता तयार हुने आशा गर्न सकिन्न।

यसैबीच, चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोपहरु विकास गर्न थालेको छ।

लाभ र जोखिम
स्वास्थ्य अधिकारीहरुले खोप प्रयोगका सन्दर्भमा जोखिम र फाइदाहरूमाथि विचार गर्न सक्छन्। यदि सार्वजनिक स्वास्थ्य आपतकालीन स्थितिमा छ भने प्रक्रिया छोट्याउन सकिन्छ, ओईले भने, 'यदि स्थितिमा सुधार भयो भने खोप बनाउन पर्याप्त समय लिए हुन्छ।'

कोरोना भाइरसका लागि कुनै खोप नभएको अवस्थामा केही चिकित्सकहरूले सङ्क्रमितहरूको उपचार गर्न एन्टि–रेट्रोभाइरल र फ्लू औषधीहरूको प्रयोग गरिरहेका छन्, तर यी औषधि प्रभावकारी छ कि छैन भन्ने थाहा हुन सकेको छैन। अन्ततः वैज्ञानिकहरु २००२–२००३ का बखत फैलिएको श्वासप्रश्वास रोग सार्सको प्रकोपको अवस्थामा पुग्न सक्छन्। त्यसबखत खोप विकास गर्नुअघि नै औषधिको प्रयोगबाट सार्स नियन्त्रणमा आइसकेको थियो।

नयाँ कोरोना भाइरस जस्तै प्रकृतिको सार्सका कारण लगभग ८०० जनाको ज्यान गएको थियो। तर सिंगापुरको बायोटेक कम्पनी एक्युमेन रिसर्च लेबोरेटरीजकी निर्देशक ओङ सिउ ह्वाले नयाँ भाइरसको खोप विकास गर्ने प्रयास जारी नै राख्नु पर्ने बताइन्। 'मलाई लाग्छ खोप निश्चित रूपमा आवश्यक छ,' उनले भनिन्, 'यस पटक यस्तो खोप काम नलागे पनि अर्को पटकका लागि अत्यावश्यक हुनेछ। (रासस/एएफपी)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु

काठमाडौं - बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु भएको छ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको ज्यान लिएको

राष्ट्रपति र प्रचण्ड बीच भेटवार्ता

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक, तेस्रो चरण सुरु

एजेन्सी - बेलायतको एक संसदीय समितिले अक्सफोर्ड विश्वविद्यालयमा कोभिड–१९ को खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भएको जनाएको छ। संसदीय सुनुवाईका क्रममा समितिले उक्त जानकारी दिएको

बोत्स्वानामा ३ महिनाको बिचमा ३ सय ५० भन्दा बढी हात्ती मरे, कारण अझै पत्ता लागेन

एजेन्सी - अफ्रिकी मुलुक बोत्स्वानामा एकपछि अर्को गर्दै सयौं हात्ती मर्न थालेपछि वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। बोत्स्वानाको ओकाभांगो डेल्टामा गत मेयता ३ सय ५०

लकडाउनले चिया क्षेत्र थलियो : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

इलाम - मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर

नेपालमा बिहीबार थपिए ४ सय ७३ जना कोरोना संक्रमित

काठमाडौँ - बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट गरिएको

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ८ जना संक्रमित

पोखरा - गण्डकी प्रदेशका ४ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ८ आना संक्रमित

एकाएक संसदको अधिवेशन अन्त्य गरिनु आपत्तिजनक : कांग्रेस

काठमाडौं - एकाएक संघीय संसदको अधिवेशन अन्त्य गरिएको भन्दै प्रमुख विपक्षी नेपलाी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको

साम्राज्ञीले मनगणन्ते कुरा गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै भुवनले दिए उजुरी

काठमाडौँ - अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आरोप लगाएर चरित्रहत्या गरेको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका छन्। केही हप्तादेखि