मातातीर्थ र थानकोटको १७० रोपनी सरकारी जग्गा पनि व्यक्तिका नाममा (सूचीसहित)

2020-02-10

काठमाडौं - काठमाडौंको मातातीर्थ र थानकोटस्थित ७७ वटा कित्ताका करिब १ सय ७० रोपनीभन्दा बढी नेपाल ट्रष्टको जग्गा व्यक्तिको नाममा सारिएको पाइएको छ। नेपाल ट्रष्टले आफ्नो नाममा ल्याइसकेको जग्गा २०६९ भदौ २५ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार मोहीका नाममा दर्ता गरिएको पाइएको हो।

नेपाल ट्रष्टको नाममा आउनुअघिदेखि नै आफूहरु पूर्वराजपरिवारका नाममा रहेको जग्गामा मोही रहेको तर पछि सरकारीकरण भएको दाबी गर्दै उनीहरुले दिएको निवेदन दिएका थिए। सोही निवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले मोहीको नाममा दर्ता गर्ने निर्णय गरेको थियो।

मालपोत कार्यालयका कलंकीका सूचना अधिकारी नीलकण्ठ अधिकारीले मन्त्रिपरिषद्को‍ निर्णयअनुसार नै ट्रष्टको जग्गा व्यक्तिको नाममा सारिएको बताए। मोही हक अनुसार सरकारको निर्णयमा उनीहरुकै नाममा जग्गा नामसारी गरिएको उनको दाबी छ। कतिपय जग्गा नामसारी हुन बाँकी रहेको भए पनि अधिकांश जग्गा व्यक्तिको नाममा सरिसकेको उनको भनाइ छ।

२०६९ भदौ ११ गते मन्त्रिपरिषदमा ट्रष्टका नाममा रहेको सयौं रोपनी जग्गा व्यक्तिका नाममा ल्याउने प्रस्ताव आएको थियो। २०६९ भदौ २५ मा निर्णय गर्दै मन्त्रिपरिषदले व्यक्तिका नाममा सार्न मालपोत कार्यालय कलंकीलाई बाटो खोलेको थियो। सोही मन्त्रिपरिषद्‍को निर्णयमा टेकेर मालपोत कार्यालयले व्यक्तिको नाममा धनीपुर्जा दिएको थियो।

कलंकी मालपोतका सूचना अधिकारीले मन्त्रिपरिषदको निर्णयका आधारमा गरिएकाले यसमा कुनै टिप्पणी गर्न नमिल्ने तर्क गरे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ