चोरी शिकारी नियन्त्रण गर्न वन कार्यालयको सकृयता

2020-02-10
देउखुरीको गढवा कोइलावास सडकखण्ड अन्तर्गत नँया वस्तीबाट वन कार्यालयले नियन्त्रणमा लिएको पिकअप भ्यान र काठ । तस्

दिवाकर पोख्रेल, देउखुरी माघ २६ गते । दाङ देउखुरीका वन जोगाउन वन कार्यालयले चोरी तस्करी नियन्त्रणको लागि सक्रियता देखाउन थालेको छ । पछिल्लो समय दाङ देउखुरीका वनका काठको चोरी निकासी बढ्न थालेपछि वन कार्यालयले सकृयता देखाउन थालेको हो । दाङको घोराही तुलसीपुर क्षेत्रको तुलनामा देउखुरी क्षेत्रकाका राजपुर र गढवा गाउँपालिका वनबाट काठको चोरी निकासी बढी हुन थालेपछि देउखुरी वन डिभिजन कार्यालयले त्यस क्षेत्रमा निगरानी बढाएको हो ।

जिल्ला वन कार्यालय जिल्लामा केन्द्रित रहंदा विभिन्न क्षेत्रमा भइरेको चोरी शिकारी नियन्त्रणमा नपुगेको भएपनि राज्य पुर्नसंरचनासंगै देउखुरीमा छुट्टै वन डिभिजन कार्यालय स्थापना भएपछि देउखुरी क्षेत्रमा हुने काठको चोरी निकासी धेरै कम भएको उपभोक्ताहरु नै बताउँछन । देउखुरीको सामुदायिक र राष्टिय वनबाट विगतमा जस्तो चोरी निकासी हुन छाडेको छ, देउखुरीमै कार्यालय स्थापना भएपछि धेरै सहज भएको छ, अजम्बरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिनुभयो । पहिले चोरी निकासीको सूचना नै आउने थिएन, अहिले थोरै परिमाण भएको काठको चोरी निकासीको छिट्टै खबर आउँछ,उपभोक्ता पनि सचेत भइसकेका छन्, शर्माले भन्नुभयो । वन डिभिजन कार्यालय देउखुरीमा स्थापना भएपछि देउखुरी क्षेत्रको वनसंरक्षण र जैविक विविधतामा उल्लेख सुधार भएको उहाँको भनाइ छ ।

वन कार्यालयबाट सामुदायिक वनमा पर्ने नदीजन्य पदार्थको उत्खननको विषयमा पनि सकृयता देखाउने गरेको छ । जैविक विविधता कायम राख्ने अभियानमा लागेको देउखुरी वन डिभिजन कार्यालयका प्रमुख प्रविण विडारीले जानकारी दिनुभयो । यस्तै वन कार्यालयबाट सामुदायिक वनमा आधारित चोरी शिकारी नियन्त्रण इकाई गठन सामुदासयिक वन जोगाउन सचेतनामुलक कार्यक्रम पनि गर्दै आइरहेको छ । कही कतै पनि वन ऐन विपरितका गतिविधि भए तुरुन्त कारवाही थालेका छौ, यस क्षेत्रका उपभोक्ताबाट राम्रो सहयोग मिलेको छ, विडारीले भन्नुभयो ।

देउखुरी वन डिभिजन कार्यालय स्थापना भएदेखी चोरी पैठारीको काठ नियन्त्रणमा लिइ आठ जना बढीलाई मुद्धा चलाइएको र टेक्टर लगायतका सवारी साधन समेत लिनयन्त्रणमा लिइएको छ । देउखुरी क्षेत्रको बनहरुमा डिभिजन बन कार्यालय र सब डिभिजन बन कार्यालयले संयुक्त गस्ती गर्दै आएको छ । देउखुरी उपत्यकामा एक सय ४८ वटा सामुदायिक बन रहेका छन् भने आठवटा सब डिभिजन बन कार्यालय रहेका छन् । सम्बन्धित सामुदायिक बन क्षेत्रमा हुने गलत क्रियाकलाप रोक्ने पहिलो प्राथमिकता सामुदायिक बन उपभोक्ता समितिकै हुने डिभिजन बन कार्यालय देउखुरीका सूचना अधिकारी प्रेमीलाल साहले जानकारी दिनुभयो । संरक्षणकर्मीले पनि वनकार्यालयको सकृयता बढेकोमा खुसी व्यक्त गरेका छन् । वन कार्यालयको सकृयता बढेक कारण काठका अवैध ओसारपसार कम भएकोछ, चोरी निकासीमा संलग्न संजाल तोडन् आवश्यक छ, वन जोगाउने दायित्व सबैको हो, संरक्षणकर्मी उमाकान्त पन्तले भन्नुभयो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


एकलौटी ब्यपार खोल्ने निर्णय,प्रशासन र स्थानीय सरकार बेखबर

दिवाकर पोख्रेलदेउखुरी, जेठ १८ । लामो समय लकडाउनको कारण व्यपार व्यवसाय धरासायी हुन थालेको भन्दै दाङको देउखुरी उद्योग बाणिज्य संघले लमही बजार खुला गर्ने

सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको

आइतवारको बैठकको संबिधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं- आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान

दैलेखमा कोरोनाले थप एक जनाको मृत्यु, ७ पुग्यो संख्या

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.

संविधान संशोधनलाई लिएर जसपाभित्र विवाद

काठमाडौ - संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा विवाद बढ्न थालेको छ। सरकार प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि जसपामा आन्तरिक विवाद बढेको हो। संविधान

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार

गुल्मीमा क्वारेन्टाइनबाट भागेर आत्महत्या

काठमाडौं - गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियार गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला