ओमानसंग फेरी हार्यो नेपाल, उपकप्तानको शतक !

2020-02-09

काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ। २५० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४७.२ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। ओमानको जितमा कप्तान जिसान मकसोद र अकिब लियासले १६७ रनको साँझेदारी गर्दै जित दिलाए।

अकिबले सर्वाधिक १०९ रन बनाए। उनले शतक बनाउने क्रममा १०८ बलमा १२ चौका र १ छक्का प्रहार गरे।

उनकै उत्कृष्ट प्रदर्शन ओमानले यो सिरिजमा दोस्रो पटक जित हात पारेको हो। उनले ३७ रन बनाउँदा करण केसीको बलमा आरिफ शेखले क्याच छुटाए। त्यहि क्याच नेपालको हारको मुख्य कारण बन्यो। आरिफको हातबाट जीवन दान पाएका अकिबले शतक बनाए। त्यस्तै, कप्तान जिसान ६८ रनमा अविजित रहे।

४९ रन हुँदा पहिलो विकेटको रुपमा जतिन्दर सिंहलाई व्यक्तिगत २३ रनमा गुमाएको ओमानको ८३ रन मा खवार अली ४१ रनमा आउट भए। तर त्यसपछि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र जिसानले उत्कृष्ट प्रदर्शन गरे। ओमानका ब्याट्सम्यानविरुद्ध नेपालका कुनै पनि बलर चल्न सकेनन्।

नेपालका लागि कुशल मल्ल र सुशन भारीले समान १–१ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।

ओपनिङमा आएका कप्तान ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साँझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर सुवास २२ रनमा आउट भए।

त्यसपछि ब्याटिङ गर्न आएका पारस खड्कासँग मिलेर कप्तान ज्ञानेन्द्र ५९ रनको साँझेदारी गर्दै नेपालको स्कोर १०७ सम्म पुर्याए। तर पारस २३.१ ओभरमा मोहम्मद नदिमको बलमा ३८ रन बनाएर आउट भए।त्यस्तै, नेपालका लागि विनोद भण्डारीले ३५ रन बनाए। आरिफ शेख र कुशल मल्लले समान २८–२८ रन बनाए। कुशलले २४ बलमा २ छक्का र २ चौका प्र्रहार गर्दै २८ रन बनाएका थिए। करण केसीले १० रन जोडे।सन्दीप लामिछाने १० र कमलसिंह ऐरी ९ रनमा अविजित रहे।

ओमानका लागि अकिब लियासले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३६ रन खर्चिए। त्यस्तै, मोहम्मद नदिमले ३ विकेट लिए।

 




थप समाचार


ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई ...

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ । भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको ...

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...




ट्रेन्डिङ