व्यापारिक महोत्सवले ठेकेदार-कलाकार मोटाउँदै

पर्यटन प्रर्वद्धन स्थानीयकरण शुन्य

2020-02-09

दिवाकर पोख्रेल
देउखुरी, माघ । दाङको घोराही र तुलसीपुर र सिहनियाँमा पर्यटन तथा व्यवहारीक महोत्सव भरखरै सकिएको छ । दाङको लमहीमामा पर्यटन तथा ब्यपारीक महोत्सव शुरु भएको छ । प्रत्येक बर्ष दाङ जिल्लाभर साना ठूला गरी दर्जनौ महोत्सव संचालन हुँदै आएका छन् । महोत्सव संचालन गर्दा स्थानीय स्थानीइ व्यवाहर, उद्यम,कला संस्कृति र पर्यटनको उजागर गर्ने भनिएपनि पछिल्लो सबैजसो ठाउँमा लामो समय सम्म आयोजना गरिने महोत्सवले उपलव्धी भन्दा स्थानीय ब्यपारलाई धरासायी पार्न थालेका गुनाशो आउन थालेका छन् ।
केहि बर्ष पहिले आयोजना गरिएका महोत्सव उदेश्य सहितका र सामाजिक सेवाको भावले लाग्ने गरेको भएपनि पछिल्लो पटक आयोजना गरिने महोत्सबाट खासै उपलव्धी भन्दा कमाउ भन्दामा केन्द्रित हुने गरेको ब्यापारीहरु नै बताउँछन । पहिले महोत्सवले दाङको हकमा सकरात्मक प्रभाव पारेको थियो, विश्वको होँचो व्यक्ति,अल्लो व्यवसाय लगायतको विषयलाई बाहिर ल्याउन महोत्सव सफल भए, अहिले त्यस्तो पाइदैन, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले भन्नुभयो ।

उदेश्य सहितको महोत्सवले सफलता हासिल गर्न सक्ने जानकारी दिदै दाङ उद्योग बाणिज्य संघका अध्यक्ष भुसालले महोत्सवको नाममा आयातित बस्तु तथा सेवाले स्थानीय व्यवहारको प्रवर्दनको सट्टा बिचलन ल्याउने दावी गर्नुभयो । वाहिरबाट सबै सामान ल्याउने, गाना बजाना गर्ने,पर्यटन बर्षको नारा लोगो बेच्न, उपलव्धी शुन्य पार्ने कामले शन्देश राम्रो दिदै, भुसालले भन्नुभयो ।


तयारी र उदेश्य विना गरिने महोत्सवले विकृति मौल्याएको स्वयम पहिले महोत्सव आयोजना गर्नेहरु नै बताउँछन । देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु पर्ने अवस्था महोत्सवबाट हुने गरेको बताउनुभयो । ठेगदार सिगारेर सस्थाको नाम भजाउने,केन्द्रिय नाम कमाएका कलाकार पोस्ने भन्दा उपलव्धी देखिएन यस्ता महोत्सवले राम्रो शन्देश दिदैन, महासचिव ठकुरीले भन्नुभयो । महोत्सवले स्थानीय कला संस्कृतिलाई पोत्साहन गर्ने उदेश्य राखेपनि व्यवहारमा तेसो पाइदैन बरु मेला आयोजकले कुम्ले र झोले ब्यवासयको प्रवद्र्धन गरेको पाइन्छ । देउखुरीमा हाल सम्म आयोजना गरिएका महोत्सवले पनि खासै उपलव्धी नदिएको स्वयम पहिले महोत्सव आयोजना गर्नेहरु बताउँछन । स्थानीय कलाकार भन्दा केन्द्रिय नाम चलेका कलाकार ल्याउँदा आर्थिक श्रोत बाहिर गएको अर्थविदहरु बताउँछन ।


महोत्सव आयोजना गर्नको लागि स्थानीय तहले अनुमति दिने र जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाको प्रत्भाभुत गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाले जानकारी दिनुभयो । हामी सुरक्षा दिने हो, स्थानीय तहको सिफारीस र सम्बन्धित उद्योग व्यवसायी संघसंस्थाको निवेदन आएपछि सुरक्षा दिने गरेका छौ, रिजालले भन्नुभयो । आफुहरुको यसमा अन्य भूमिका नहुने जानकारी दिदै उहाँले हिसाव पादर्शीतामा विवाद भए मात्रै आफहरुले हेर्ने बताउनुभयो । यता स्थानीय जनप्रतिनिधिले आफुहरुलाई बाध्यता रहेको बताउँछन । हामीहरु अनुमति दिन बाध्य छौ, राजनीतिक दलहरु ,व्यवहारीहरु सबै अनुमति माग्न आएपछि जनप्रतिनिधिको हिसावले अनुमति दिने गरेका छौ, लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले भन्नुभयो । विगतको आर्थिक अवस्था पनि बुझ्न पाएका छैनौ, यो तपाइ हामी सबैको दायित्व पनि हो, सबै पारदर्शी हिसावले हुनुपर्छ प्रमुख केसीले भन्नुभयो ।


अहिले जारी रहेको तुलसीप्ुर महोत्सवमा १५ करोडको कारोबार गर्ने लक्ष्य राखिको थियो । घोराहीमा घोराही चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्समा १० करोडको कारोबारको लक्षय राखिएको थियो भने लमहीमा यही माघ २४ गते देखी संचालन भइरहेको महोत्सवमा तीनकरोडको कारोबार हुने लक्ष्य राखिएको छ । सबै महोत्सवमा पर्यटन र कृषिलाई महत्व दिने बताइएपनि कृषि र पर्यटनसंग सम्बन्धित स्टलहरु खाली हुने गरेका छन् ।




थप समाचार


उद्यमी महिलामा खुसी थप्दै, ‘तरकारी बेच्न साइकल, दुधलाई क्यान’

 उद्यमी महिलामा खुसी थप्दै,  ‘तरकारी बेच्न साइकल, दुधलाई क्यान’

दिवाकर पोख्रेलदेउखुरी, असोज । दाङको लमही नगरपालिका वडा नम्बर ४ मिना चौधरीले व्यवसायिक रुपमा खेति गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेको तरकारी ...

जनरल इन्स्योरेन्स कम्पनीको शेयर असोज ११ गतेदेखि

जनरल इन्स्योरेन्स कम्पनीको शेयर असोज ११ गतेदेखि

काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तर्फको ३० लाख कित्ता प्राथमिक शेयर असोज १४ गतेसम्म ...

सरकारको साउन र भदौको खर्च : १ खर्ब १६ अर्ब आम्दानि, ७० अर्ब खर्च

सरकारको साउन र भदौको खर्च : १ खर्ब १६ अर्ब आम्दानि, ७० अर्ब खर्च

काठमाडौं - सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो २ महिना (साउन र भदौ) मा ७० अर्ब ८७ करोड ८९ लाख रुपैयाँ बजेट खर्च गरेको ...




ट्रेन्डिङ