नेपालद्वारा ओमानसामु २५० रनको लक्ष्य प्रस्तुत

2020-02-09

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।

ओपनिङमा आएका कप्तान ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साँझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर सुवास २२ रनमा आउट भए।

त्यसपछि ब्याटिङ गर्न आएका पारस खड्कासँग मिलेर कप्तान ज्ञानेन्द्र ५९ रनको साँझेदारी गर्दै नेपालको स्कोर १०७ सम्म पुर्याए। तर पारस २३.१ ओभरमा मोहम्मद नदिमको बलमा ३८ रन बनाएर आउट भए।

त्यस्तै, नेपालका लागि विनोद भण्डारीले ३५ रन बनाए। आरिफ शेख र कुशल मल्लले समान २८–२८ रन बनाए। कुशलले २४ बलमा २ छक्का र २ चौका प्र्रहार गर्दै २८ रन बनाएका थिए। करण केसीले १० रन जोडे।

सन्दीप लामिछाने १० र कमलसिंह ऐरी ९ रनमा अविजित रहे।

ओमानका लागि अकिब लियासले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३६ रन खर्चिए। त्यस्तै, मोहम्मद नदिमले ३ विकेट लिए।

 




थप समाचार


पन्जाबले २० ओभरमा दिएको २२४ रनको चुनौती पनि राजस्थानले पार गर्यो

पन्जाबले २० ओभरमा दिएको २२४ रनको चुनौती पनि राजस्थानले पार गर्यो

काठमाडौं - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कीर्तिमानी जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई चार विकेटले पराजित ...

हैदराबादको दोश्रो हार, कोलकातासंग ७ विकेटले पराजित

हैदराबादको दोश्रो हार, कोलकातासंग ७ विकेटले पराजित

काठमाडौं - सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग हैदराबाद ७ विकेटले पराजित ...

आइपिएलमा दिल्लीको दोश्रो जित, चेन्नाई ४४ रनले पराजित

आइपिएलमा दिल्लीको दोश्रो जित, चेन्नाई ४४ रनले पराजित

काठमाडौं - दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित ...




ट्रेन्डिङ


हटाउने मन्त्रिको विषयमा प्रधानमन्त्री र प्रचण्डको मत बाझियो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल चलिरहेको छ। मन्त्रिपरिषद

लिटिल एन्जेल्सका संस्थापक उमेश श्रेष्ठलाई कोरोना

काठमाडौं - नेपाली कांग्रेसका सांसद एवं लिटिल एन्जेल्स स्कुलका संस्थापक उमेश श्रेष्ठलाई कोरोना पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पुष्टि भएको जानकारी सार्वजनिक गरेका

अस्मिता परियारको 'सुरुवात' सार्बजनिक

विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लगिरहेकी गायिका अस्मिता परियारको स्वरमा 'सुरुवात' बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको

ग्लोबल आइएमइका अध्यक्ष चन्द्र ढकाललाई कोरोना

काठमाडौं - ग्लोबल आइएमइका अध्यक्ष एबम व्यबसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी

मदिराको आयात खोल्ने सरकारको तयारी

काठमाडौं - सरकारले मदिराको आयात खोल्ने तयारी गरेको छ। करिब ७ महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने तयारी अघि बढाइएको हो। कोरोना भाइरस संक्रमण रोकथाम

३४ वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

सिन्धुपाल्चोक - ३४ वर्षअघि अपराध गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। साविक ठूलोपाखर गाविस–३ हाल लिशङ्खुपाखर गाउँपालिका–७ बस्ने वर्ष वर्षीय फुर्पा तामाङलाई

बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने कानुन बनाउन सांसदको सुझाव

काठमाडौं - संघीय संसदका केही महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिन माग गरेका छन्। दुवै सदनका महिला सांसदकाे जारी छलफलमा यस्ताे सुझाव आएको हाे। हालसालै बझाङको

ओम्नीका पक्षमा सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्वास्थ्य सामाग्रीमा अनियमितता र विवाद भएपछि सरकारले कालोसूचीमा राखेको ओबिसिआई लिमिटेड प्रालि (ओम्नि)को पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोतम

खोटाङ बन्यो कोरोना संक्रमितमुक्त जिल्ला

खोटाङ - सबै संक्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमितमुक्त जिल्ला भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट संक्रमित २१ व्यक्ति उपचारपछि

विषाक्त रसायन भेटिएपछि थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध (सुचिसहित)

काठमाडौं - विषाक्त रसायन मिथानेल भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड