थाइल्यान्डका एक सैनिकद्वारा कमान्डरसहित २० जनाको गोली हानी हत्या

2020-02-09

काठमाडौं - थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले आफ्ना कमान्डरसहित २० जनाको गोली हानी हत्या गरेका छन् । गोली लागेर दर्जन बढी घाइते भएका छन् ।

थाई सहर नाखोन रत्चासिमा शनिबार जुनियर सैनिक अधिकारी जाकाराफन्थ थोमाले अन्धाधुन्ध गोली प्रहार गरी आफ्ना सैन्य कमान्डरसहित २० को हत्या गरेका हुन् ।

बीबीसीका अनुसार, थोमाले सुरुमा आफ्ना कमान्डिङ अफिसरको हत्या गरेका थिए । कमान्डरको हत्यापछि क्याम्पबाट हतियार चोरेर भागेका उनले सपिङ सेन्टरमा पुगेर अन्धाधुन्ध गोली हानेका थिए ।

घटनामा गोली लागेर घाइते दर्जन बढीलाई अस्पताल लगिएको थाई सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि सपिङ सेन्टरमा त्रसित बनेका सयभन्दा बढीको उद्धार गरिएको छ ।

आक्रमणकारीको पहिचान भए पनि उनलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीको प्रयास सफल हुन सकेको छैन । बीबीसीका अनुसार, उनी सपिङ कम्प्लेक्समै लुकिरहेको हुनसक्ने अनुमान गरिएको छ । उनलाई नियन्त्रणका लागि अहिले सुरक्षाकर्मीले सपिङ कम्प्लेक्सलाई पहरा दिइरहेको छ ।

सैनिक सेवामा रहेका ती व्यक्तिले यो हदको अमानवीय हर्कत किन गरे भन्नेबारे खुलेको छैन ।




थप समाचार


पाकिस्तानको विमान दुर्घटनामा परेका ९९ मध्ये ६६ जना यात्रुको मृत्यु पुष्टी

पाकिस्तानको विमान दुर्घटनामा परेका ९९ मध्ये ६६ जना यात्रुको मृत्यु पुष्टी

एजेन्सी - पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका कम्तीमा पनि ६६ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। पाकिस्तानी समाचार संस्था डाउनका अनुसार हालसम्म ६६ ...

कोरोना विरुद्ध लड्न डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

कोरोना विरुद्ध लड्न डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ। सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान ...

२० दिनपछि एकाएक सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग

२० दिनपछि एकाएक सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग

काठमाडौं - उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन ...




ट्रेन्डिङ


नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएपछि मर्नेको संख्या ५ पुगेको

पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण

नवलपरासी - पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा कोरोना संक्रमणको वृद्धिदर तिब्र हुँदै गएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । मंगलवार ९० जनामा कोरोना

आज जेठ १५ अर्थात गणतन्त्र दिवस, सबैमा शुभकामना !

काठमाडौं - आज जेठ १५ गते, गणतन्त्र दिवस, नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको छ ।

बुधवार संसदमा किन पेश भएन संविधान संशोधन विधेयक ?

काठमाडौं - संविधान संशोधनका लागि सरकारले प्रस्तावकोे कार्यसूची बुधबारको बैठकमा प्रवेश नगरेपछि राजनीतिक वृत्तमा तरंग ल्याएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी

थप ७६ जनामा कोरोना संक्रमण देखियो

वीरगञ्ज - प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र

बजेट भाषण बिहीबार ४ बजे प्रस्तुत हुने

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संसद्‍मा बजेट भाषण गर्ने भएका छन्। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीले