थाइल्यान्डका एक सैनिकद्वारा कमान्डरसहित २० जनाको गोली हानी हत्या

2020-02-09

काठमाडौं - थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले आफ्ना कमान्डरसहित २० जनाको गोली हानी हत्या गरेका छन् । गोली लागेर दर्जन बढी घाइते भएका छन् ।

थाई सहर नाखोन रत्चासिमा शनिबार जुनियर सैनिक अधिकारी जाकाराफन्थ थोमाले अन्धाधुन्ध गोली प्रहार गरी आफ्ना सैन्य कमान्डरसहित २० को हत्या गरेका हुन् ।

बीबीसीका अनुसार, थोमाले सुरुमा आफ्ना कमान्डिङ अफिसरको हत्या गरेका थिए । कमान्डरको हत्यापछि क्याम्पबाट हतियार चोरेर भागेका उनले सपिङ सेन्टरमा पुगेर अन्धाधुन्ध गोली हानेका थिए ।

घटनामा गोली लागेर घाइते दर्जन बढीलाई अस्पताल लगिएको थाई सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि सपिङ सेन्टरमा त्रसित बनेका सयभन्दा बढीको उद्धार गरिएको छ ।

आक्रमणकारीको पहिचान भए पनि उनलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीको प्रयास सफल हुन सकेको छैन । बीबीसीका अनुसार, उनी सपिङ कम्प्लेक्समै लुकिरहेको हुनसक्ने अनुमान गरिएको छ । उनलाई नियन्त्रणका लागि अहिले सुरक्षाकर्मीले सपिङ कम्प्लेक्सलाई पहरा दिइरहेको छ ।

सैनिक सेवामा रहेका ती व्यक्तिले यो हदको अमानवीय हर्कत किन गरे भन्नेबारे खुलेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ