देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्ने

2020-02-06

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने भएका छन्।

सार्वजनिक रुपमा देउवाले महाधिवेशनको सभापतिको उम्मेदवार घोषणा नगरेपनि आफू निकटका नेताहरुसँग देउवाले मुख खोलिसकेका छन्। देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले १४ औं महाधिवेशनमा पार्टी सभापतिले पुनः सोही पदमा उम्मेदवारी दिने जानकारी गराए।

आफू निकटका नेताहरुसँग देउवाले पुनः सभापति बन्ने घोषणा गरिसकेका हुन्। साउदले भने, ‘अहिले उम्मेदवार सार्वजनिक गर्ने बेला भइसकेको छैन। सभापतिले फेरि पनि त्यहि पदमा उम्मेदवारी दिने हामीहरुसँग बताउनुभएको छ।’ देउवाले पुनः एकपटक सभापतिमा दोहिरिने इच्छा राखेको साउदले जानकारी गराए।

संस्थापन समुहबाट देउवा सभापतिको उम्मेदवार बनेका अवस्थामा उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार उनको अवरोधक नहुने साउदको बुझाइ छ। साउदले भने, ‘उहाँ (देउवा) बलियो उम्मेदवारकै रुपमा हुनुहुन्छ। संस्थापन समूहमा उहाँले रुचि राखेपछि अरु कसैले रोक्ला जस्तो लाग्दैन।’

सभापतिमा पुनः उम्मेदवार देउवा बनेपछि उनका लागि व्यवस्थापनको चुनौतिमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार हुनेछन्। एउटै समूह भएकाले सभापति देउवाले मिलाउन सक्ने साउदको बुझाइ छ।




थप समाचार


सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । शनिवार सांसदहरुको सनाखत गरिने भएको छ ।  आजै कांग्रेसका केदार ...

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

काठमाडौं : चर्चित व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि अज्ञात समुहले कालोमोसो दलेको जनाईएको छ । ...

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

काठमाडौं ।प्रतिनिधिसभाको विभिन्न संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिमा भएको भागवण्डाको सहमति अनुसार आइतबार ...




ट्रेन्डिङ