चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६२ पुग्यो, २८ हजार संक्रमित

2020-02-06

एजेन्सी - चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६४ पुगेको छ । चिनिया राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार बुधबारसम्ममा यसबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ। एकैदिन ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ।

हुबेई प्रान्तका स्वास्थ्य अधिकारीहरुले बुधबारमात्र ७० जनाको मृत्यु भएको जनाएका छन्। कोरोनाको इपिसेन्टर यो प्रान्तमा हालसम्म ५४९ जनाको मृत्यु भइसकेको छ। यहाँ बुधबारमात्रै २९ सय जनामा संक्रमण भेटिएको थियो भने हालसम्म हुबेईमा १९ हजार ६ सय ६५ जना संक्रमित भएका छन् भने ७६५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

हालसम्म चीनमा ५६२, हङकङमा एक र फिलिपिन्समा एकजनाको मृत्यु भएको छ।

यो भाइरस २५ देशमा फैलिएको पुष्टि भइसकेको छ। चीनबाहेका देशमा ५६४ जनामा कोरोनाको संक्रमण देखिएको छ। भने चीनमा ६ करोड मानिस घरभित्रै बस्न बाध्य भएका छन्।

यसैबीच, हङकङकी प्रमुख कार्यकारी करी लामले मुख्यभूमि चीनबाट प्रवेश गरेका मानिसलाई १४ दिन अलग्गै राख्ने घोषणा गरेकी छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ