बालुवाटार जग्गा प्रकरण : गच्छदार र अन्य २ पूर्वमन्त्रीसहित १७५ विरुद्ध मुद्दा दायर (सुचिसहित)

2020-02-05

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्व सचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको छ।

तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ दुवैविरुद्ध ९ करोड ६५ लाख ७६ हजारका दरले बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ।

पूर्वमन्त्री चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको छ।

त्यसैगरी पूर्वसचिव दीपकुमार बन्स्यात र छवि पन्तविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।

पूर्वसचिव दिनेशहरि अधिकारीविरुद्ध पनि ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको छ।

बालुवाटारस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

सोही प्रकरणमा मुछिएका नेता माधव कुमार नेपाल र विष्णु पौडेलविरुद्ध भने मुद्दा दायर गरिएको छैन।

ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा सिआइबी र अख्तियारका छुट्टा छुट्टै टोलीले अनुसन्धान गरेका थिए।

http://ciaa.gov.np/uploads//pressRelease/hbuIS0.pdf




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ